IME Life New

नेपाल बङ्गलादेश बैंकद्वारा दुर्घटना बीमा वापतको दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले दुर्घटना बीमा बापतको दावी रकम हस्तान्तरण गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको १ लाख रुपैयाँ ग्राहक स्वर्गीय दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको हो ।

स्व. दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएकोमा उनको दुर्घटनाका कारण मृत्यु भएको थियो ।

Esewa
Crest

बीमा बापतको १ लाखको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS