IME Life New

नेपाल पुनर्बीमाको शेयर धितोमा राखेर कर्जा लिन अव ७ दिन बाँकी, २४२ दिनमा ६३ अर्ब ४७ करोडको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर धितोमा राखेर कर्जा पाउन अव ७ कारोबार दिन बाँकी छ । नियम अनुसार दोस्रो बजारमा कम्पनी सूचिकृत भएको २५० कारोबार दिन पछि मात्रै शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ । दोस्रो बजारमा सूचिकृत भएको केहि समयमै ‘हट केक’ बनेको नेपाल पुनर्बीमाको हालसम्म २४२ दिन कारोबार भएको छ । आज बुधवारको कारोबारलाई पनि जोड्दा २४३ दिन पुग्नेछ ।

नेपाल पुनर्बीमाको २४२ दिनमा मात्रै ६३ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रो बजारमा गत वर्षको असार १५ गते सोमबारदेखि कारोबार सुरु भएको थियो । पहिलो कारोबार २७९ रुपैयाँदेखि भएकोमा अधिकतम २००० रुपैयाँ भन्दा माथिसम्म कारोबार भयो ।

Esewa
Crest

कम्पनीले व्यवसाय विस्तार गर्न थप पूँजीका लागि नेपाल सरकार सँग लविङ गरिरहेको सुचनाले गर्दा दोस्रो बजारमा कम्पनीको मूल्य आकासिएको हो । प्राथमिक शेयर ५० कित्तासम्म पाएका शेयरधनीले दोस्रो बजारमा राम्रो राहात पाएका छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो नियम अनुसार नेपाल स्टक एक्सचेन्जमा पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औषत मूल्य वा शेयरको प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सो रकमको बढिमा ७० प्रतिशत रकमसम्म सेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ । यहि नियमका आधारमा नेपाल पुनर्बीमाको पछिल्लो १८० कार्यदिनको औषत मूल्य १५४२ रुपैयाँ पर्न आउछ । अर्को तर्फ पछिल्लो बजार मूल्य १७७८ रुपैयाँ छ । यि दुई मध्ये १८० दिनको औषत मूल्य कम हुन आउछ । अव यहि मूल्यको ७० प्रतिशत अर्थात एक कित्ता बराबर १०७९ रुपैयाँसम्म कर्जा प्राप्त गर्न सकिन्छ । अझै ७ कारोबार दिन बाँकी रहेकोले यो मूल्यमा केहि थप घट हुन सक्छ । नेपाल पुनर्बीमाको शेयर धितोमा राखेर बैधानिक रुपमा मार्जिन प्रकृतिको कर्जा लिन पाउदा शेयरधनीहरु थप लाभांवित हुने दखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS