IME Life New

नेपाल पुनर्बीमा कम्पनीको आईपिओ बाँडफाँड भोलि, आवेदन भरेका सबैले शेयर पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गरेको आईपिओको बाँडफाँड भोलि हुने भएको छ । पुनर्बीमा कम्पनीले दिएको जानकारी अनुसार भोलि चैत्र २६ गते बुधबार आईपिओ बाँडफाँड हुनेछ ।

१ करोड ६० लाख कित्ताका लागि आवेदन माग गरेकोमा चार लाख भन्दा बढिले आईपिओ भरेका थिए । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको सो आईपिओमा ४० कित्ता वा सो भन्दा कम भरेका सबैले पाउने भएका छन् । बाँकी रहेको शेयर गोलाप्रथाको माध्यमबाट वितरण गरिने जनाइएको छ । पुनर्बीमा कम्पनीका डेपुटी सिईओ दामोदर भण्डारीका अनुसार न्यूनतम ४० देखि अधिकतम ५० कित्ता शेयर पाउने गरी बाँडफाँड गरिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS