IME Life New

नेपाल टेलिकमले ल्यायो सजिलो प्रिपेड कम्बो अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि १९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९ रुपैयाँमा ४ हजार २ सय एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा रु। ३४९ मा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

Esewa
Crest

यसैगरी रु। ४९९ मा १९ हजार ६ सय एमबी (दैनिक ७०० एमबी) डाटा, १ हजार ९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १ हजार ९६० ९दैनिक ७०० वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ ।

यस अफर अन्तर्गत रु। ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८ सय मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८ सय (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा रु। ९८ मा २८ दिन भित्रमा जम्मा ६०० वटा र रु। ६० मा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS