IME Life New

नेपाल–जापान संसदीय समूह छिट्टै गठन हुन्छः अध्यक्ष तिमिल्सिना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताएका छन् । बुधवार बिहान सिंहदरवारमा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्यद्वय कोबसायी काजुहिरो र नागाई मानाबुसँगको शिष्टाचार भेटमा उनले यस्तो बताएका हुन् ।

प्रतिनिधि सभाको निर्वाचनपछि नेपालमा राजनीतिक परिवर्तनको अवस्थाले गति लिएकाले सो समूह गठन गर्न ढिलाई भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब त्यसलाई छिट्टै गठन गरी दुई मुलुकको संसदबीचको सम्बन्धलाई अझ बलियो बनाउन लागिपर्ने बताए ।

Esewa
Crest

सो समूहमा संघीय संसदको दुवै सदनका सांसद सदस्यको रुपमा रहने प्रावधान राखिएको छ । भेटमा जापानिज संसदीय टोलीले नेपालमा सो समूह गठन नभएकोमा चासो व्यक्त गरेपछि अध्यक्ष तिमिल्सिनाले सबै प्रावधानहरु पूरा गरी सो समूह छिट्टै गठन हुने र त्यसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा जापनिज टोलीले दुई मुलुकबीचको सदियौंदेखिको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘प्रतिनिधिसभा निर्वाचन सम्पन्न ग¥यौं । त्यसपछि राजनीतिक वातावरण निरन्तर परिवर्तनशील रह्यो । त्यसकारण हामीले मैत्री समूह गठन गर्न अलिकति ढिलाई भएको छ । अब हामी छिट्टै नै नेपाल–जापान समूह गठन गर्नेछौं । दुवै सदनको सदस्यहरु हामी राख्ने गर्छौं । राष्ट्रिय सभा त निरन्तर छदै थियो । तर प्रतिनिधि सभासहितको बनाउनुपर्ने हुँदाखेरी हाम्रो ढिलाई भएको हो । हामी छिट्टै त्यो समूह गठन गरेर त्यसको सभापति, अध्यक्षसहितको सबै प्रावधानहरु अनुसार हामी यहाँहरुलाई जानकारी पनि गराउँछौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS