IME Life New

नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एरु एकेडिमी ओसाका र क्योउदाइ रेमिट्यान्स÷आईएमइको संयुक्त आयोजनामा पहिलोपटक जापानमा नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको छ । कार्यक्रमलाई ओसाका पर्यटन ब्यूरो, मानव संसाधन विकास र एशिया औधोगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, जेट्रो ओशाका ,मोरिकोसान कम्पनी ,स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लबहाउस ग्लोबल रिपब्लिक लगायतको सहकार्यमा सम्पन्न गरिएको थियो ।

यो प्रथम अनलाइन सेमिनार कार्यक्रममा जापान र नेपालका बिभिन्न क्षेत्रहरू जस्तैः– पर्यटन, होटल, इन्सोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टे तथा मानव संसाधन र नेपालका शैक्षिक संस्थाहरूसँग सहकार्य गरि ७० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको थियो ।

Esewa
Crest

कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावा, चेयरमेन माकोतो साकिमुरा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदुताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले सम्बोधन गरेका थिए ।

नेपालको तर्फबाट आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल, आईजिसि ग्रुप अफ कम्पनीका चेयरमेन गणेशमान लामा तथा काठमाडौं विश्व बिद्यालयका एकेडिमीआ इण्डस्ट्री समन्वय बिभाग निर्देशक डा. राम लामाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाली विद्यार्थी समाज जापानका महसचिब सञ्जय कार्कीले जापानमा नेपाली विद्यार्थीहरुको अवसर र चुनौती बिषयमा आफ्नो बिचार राखेका थिए ।

दुई चरणमा गरिएको कार्यक्रमको दोश्रो चरणमा सहभागि कम्पनीहरु लाई पर्यटन, होटल, इनसोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टेट तथा मानव संसाधन जस्ता बिभिन्न ग्रुपमा बिभाजन गरि व्यावसायिक परिचय एक अर्काप्रती आदान प्रदान होस भन्ने उद्देश्य सहितको अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

यसका अतिरिक्त नेपालबाट जापानमा विद्यार्थीहरु लगायत विभिन्न क्षेत्रका कामदारहरु पठाउन चाहाने र नेपालको बिभिन्न क्षेत्रमा व्यावसायिक प्रवद्र्धन तथा अभिबृद्धि गर्न चाहाने जापानिज कम्पनीहरुलाई एक अर्काप्रती व्यावसायिक छलफल र ब्यापारिक साझेदारीको सम्भाबना लगायतको बिषयमा अन्तरक्रिया गराइएको थियो ।

कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल जापान सम्बन्धको लामो इतिहास रहेको कुरा उल्लेख गरे । उनले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर आईटी लगायतको क्षेत्रको हाइ स्किल्ड म्यानपावर पनि प्रशस्त मात्रामा लिन सक्ने कुरा ब्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं विश्व बिद्यालयका एकेडिमीआ इण्डस्ट्री समन्वय बिभाग निर्देशक डा. राम लामाले जापानमा नेपाली लगायत एसियन मुलुकका विद्यार्थीहरु बढ्दो अवस्थामा रहेको र त्यस्तो विद्यार्थीहरुलाई मध्यनजर गर्दै काठमाडौं विश्वबिद्यालयले सम्बन्धित देशको विश्वबिद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गरि सोही देशमा काठमाडौं विश्वबिद्यालयको डिग्री उपलब्ध गराउने सोच सहित अगाडि बढेको बिचार गरे ।

एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावाले आफुहरुले बिभिन्न देशका विद्यार्थीहरुलाई दिक्षित गरि उज्ज्वल भबिष्य निर्माणमा योगदान दिँदै आएको र आगामि दिनमा यो कार्यलाई अझै अगाडि बढाउदै लान नेपाल र जापानको सम्बन्धलाई मजबुत बनाउदै अगाडि बढ्न आजको कार्यक्रमले थप प्रेरित गरेको कुरा ब्यक्त गरे ।

कार्यक्रममा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदुताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले नेपालसँगको लामो व्यावसायिक सहकार्यसँगै सामाजिक र राष्ट्र हित सम्बन्धित रहेर बिभिन्न माध्यमबाट सहयोग गर्न र योगदान दिन पाउदा खुसि लागेको कुरा ब्यक्त गरे ।

कार्यक्रमको व्यवस्थापन संयोजन समेत रहेका क्योउदाइ रेमिट्यान्सका म्यानेजर तथा एनआरएन जापानका पूर्व केन्द्रिय सल्लाहकार नरेन्द्र बस्नेत (दिनेश) ले जापानमा नेपालीहरुको अवस्था अवसर र समस्याको बिषयमा प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS