IME Life New

नेपाल क्लियरिङ्ग हाउसमा दुई जना संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, नेपाल क्लियरिङ्ग हाउसले संचलाक समितिमा वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई नियुक्त गरेको छ । साथै स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाललाई नियुक्त गरेको छ । चैत्र १४ गते बसेको एनसीएचएलको २०६ औं संचलाक समितिको बैंठकबाट उनीहरुलाई संचालकमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएकोछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS