IME Life New

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र ह्याम्स अस्पतालबीच व्यवसायिक सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र ह्याम्स अस्पताल बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा ह्याम्स अस्पतालका लिमिटेडका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्यकोे उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरे ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहक महानुभावहरु ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा उपचारका लागि लाग्ने शुल्कमा १० प्रतिशत र फर्मेसीको लागि लाग्ने शुल्कमा ५ प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

Esewa
Crest

कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख खतिवडाले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो भने ह्याम्स अस्पतालका प्रबन्धक मार्केटिङ प्रबन्धक बज्रचायले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS