IME Life New

नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा अरोरा चयन, लिए शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा राजिव अरोरा चयन भएका छन् । बैंक संचालक समितिको कार्तिक ७ गते बसेको ४७६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक राजिव अरोरालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको हो । अध्यक्ष राजिव अरोरा, एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धक को पदमा कार्यरत रही एसबिआई. समूहको रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा समूहको अन्य मामिला हेर्छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष राजिव अरोरालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

Esewa
Crest

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना, डेपुटी गर्भनर बम बहादुर मिश्र, कार्यकारी निर्देशक देव कुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्ति नाथ सापकोटा तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एसबिआई. भारतका मुख्य महाप्रबन्धक श्री बि.आर.एस. सत्यनारायण, बैंकका संचालकहरु रजय कुमार सिन्हा, बाल कृष्ण श्रेष्ठ, विमला सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS