IME Life New

नेपाल उद्योग परिसंघको उपाध्यक्षमा अमित मोर सर्वसम्मत चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी परिसंघले सम्पन्न गरेको २० औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाईमा पुर्याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Esewa
Crest

यसका साथै, नेपालको घ्यु तेल उत्पादन गर्ने सबैभन्दा ठुलो उद्योग यस गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रो पटक सम्मान गरेको छ । साधारण सभाको समुद्घाटन समारोहका बीच परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टा अन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको भनी कदर सम्मान गरेको थियो ।

सो सम्मान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरिएको थियो । बिभिन्न उद्योग ब्यापार ब्यबसाय, बैक, तथा बिमा कम्पनीहरुमा लगानी भएकोे प्रगतिशिल समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रिइन्सोरेन्समा पनि संचालकको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS