IME Life New

नेपाल आर्थिक पत्रकार सघंमा नयाँ नेतृत्व चयन चौथो महासभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल आर्थिक पत्रकार सघं (नाफिज)को चौथो महासभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल आर्थिक पत्रकार सघं (नाफिज) ले नयाँ १९ सदस्य केन्दि«य कार्यसमिति पनि चयन गरको छ ।


अर्थमन्त्रि खतिवडाले सभाको उद्घाटन  गर्दै आर्थिक पत्रकारहरुको एउटै र बलियो संगठन बनाउन सुझाव दिएका छन् । पत्रकारिताको माध्यमबाट सरकारको आलोचना गर्न खुला आव्हान गर्दै अर्थमन्त्रि खतिवडाले आम पत्रकारहरुको गल्ति औल्याउने निकाय नभएकाले आफैले गल्ति नगर्न सुझाव दिएका छन् ।

Esewa
Crest

नाफिजको चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो  । अध्यक्षमा भट्टराईसहित उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वा्चित भएका छन् । यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वा्चित भएका छन् ।

कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निवाचित भएका छन् भने कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल सर्वसम्मतले निर्वा्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS