IME Life New

नेपाल आयल निगमको ५३ औं वार्षिकोत्सव सम्पन्न, मुखपत्र ‘प्रभात’ को विमोचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ५२ वर्ष पूरा गरी ५३ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव सम्पन्न गरेको छ । निगमले पुष २६ गते निगमको कार्यालय परिसर टेकुमा सम्पन्न गरेको हो । उक्त कार्यक्रमको अध्यक्षता निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले गरेका थिए । प्रमुख अतिथिको रुपमा निगमका संचालक समितिका अध्यक्ष एवम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनी रहेको थिए ।

वार्षिकोत्सव समारोह कार्यक्रममा अतिथिका रुपमा संचालक समितिका सदस्यहरु, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व प्रसाद अर्याल, नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुश कुमार मल्ली, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका प्रतिनिधि लगाएत रहेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले हाल डिजेल मात्र पाइप लाइनबाट नेपाल भित्रिने गरेको र आगामी दुई वर्षभित्र पाइप लाइन मार्फत पेट्रोल ढुवानी गर्ने निगमको तयारी रहेको उनले बताए । यसका साथै कागजविहिन कार्यालय सञ्चालनको अभ्यास समेत भइरहेको उनले बताए ।

Esewa
Crest

निगमले अवसरलाई उपभोग गर्न नसकेको प्रमुख अतिथि एवम निगमका संचालक समितिका अध्यक्ष एवम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मरासीनी बताउँछन् । निगम एकाधिकार प्राप्त गर्न सफ विजनेश मोडलमा रहेको संस्थाले समाजमा विश्वसनियता बढ्न नसक्नुमा निगम स्वयमले सोच्नुपर्ने उनी बताउँछन् । नेपालमा हाल संचालनमा रहेको पेट्रोल पम्पहरु व्यवस्थित नभएको र सामाजिक उत्तरदायित्व अन्तर्गत पम्पले बजेट छुटाएर व्यवस्थित बनाउन व्यवसायीलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाल एलपी ग्याँस संघका अध्यक्ष मल्लीले संघमा रहेको समस्या समाधानमा सरकार र निगमले ध्यान दिनुपर्ने बताए । उनका अनुसार कुनै समय ग्याँससँगै ठूलो मात्रामा पानीको मात्रा मिसिएर आउने र कारणबस सोहि पानी मिश्रित ग्याँस उपभोक्ताको भान्सासम्म पुग्दा निम्तिने समस्यामा संघको मात्रै दोष देखाउने गरेको छ । साथै उनले विनियमावली परिमार्जन गर्न निगमलाई अनुरोध गरेका छन् ।

राजनैतिक हस्तक्षेपको अन्त्य गर्दै पेट्रोलियम पदार्थको मूल्यमा अटो सिस्टम लागू गर्नुपर्ने पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व प्रसाद अर्यालले बताए । निर्देशनको आधारमा मूल्य समायोजन गर्दा निगम नै संकटमा जान सक्ने उनीले बताए । उनका अनुसार नेपालमा डिजेलको मूल्य आकाशिएकोले विकासका लागि छुट्याएको बजेट समेत खर्च हुन सकेको छैन । साथै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले भने निगम पारदर्शीतामा चुकेको बताए । निगम सम्झौता गर्न हतार गर्ने तर सम्झौता पश्चात कार्यान्वयनमा सुस्तता देखाउने प्रबृत्ति रहेको उनको भनाई छ ।

निगमले ५३ औं वार्षिकोत्सवको अवसरमा २० वर्ष अनवरत रुपमा काम गरेका १२ जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरेको छ । साथै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुदमा अग्रणी भएका कर्मचारीलाई पुरस्कार वितरण समेत गरेका छन् । सोहि अवसरमा वार्षिक रुपमा प्रकाशित हुँदै आएको मुखपत्र ‘प्रभात’ को विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS