IME Life New

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा १७ जना प्रतिस्पर्धामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं: नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमध्ये कोही सरकारी स्वामित्वको संस्थानमा काम गरिरहेका र कतिपय काम गरिसकेका छन्।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुरेन्द्र पौडेल,तारक थापा.डा सरोज कोइराला, गोविन्दप्रसाद खरेल, मंगललाल श्रेष्ठ,प्रलयंकर आचार्य, तारानाथ पौडेल, गोवर्द्धन खड्का, मुकेश काफ्ले,अनन्तराज घिमिरे,अनिलकुमार झा, लोकबहादुर खड्का, रमेशकुमार बस्नेत, डा शिवहरि श्रेष्ठ, अच्युतराज पहाडी,शिवराम यादब र रामप्रसाद धितालले आवेदन दिएका छन्।

Esewa
Crest

आवेदन दिने मध्ये सुरेन्द्र बलिया प्रतिस्पर्धी हुन्। स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीलेनै सुरेन्द्रको वकालत गरिरहेका छन्। सुरेन्द्र उदयपुर सिमेन्टका महाप्रवन्धक हुन्। महेश बस्नेत उद्योगमन्त्री हुँदा उनलार्इ महाप्रवन्धक नियुक्ती गरिएको थियो।उनको उदयपुरमा माघमा कार्यकाल सकिँदैछ। उदयपुरमा महाप्रवन्धक भएर गएपछि सुरेन्द्रले झण्डै चार वर्षको अवधिमा रुग्ण रहेको उद्योगलार्इ युटर्न गराउन सफल भएका थिए।

कार्यकारी निर्देशकमा आवेदन हाल्ने मुकेश नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। प्रचण्ड प्रधानमन्त्री भएका बेला कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा काफ्लेलार्इ हटाएर प्राधिकरणमा कुलमान घिसिङलार्इ ल्याइएको थियो। कुलमान आएको केही समयमै लोडसेडिङ हटाएका थिए। आवेदन दिने झा जनक शिक्षाका पूर्व महाप्रवन्धक हुन्।

उनी उदयपुर सिमेन्टमा समेत महाप्रवन्धक भएर काम गरिसकेका छन्। प्रलयंकर आयल निगमकै प्रवन्धक हुन्। कार्यकारी निर्देशकमा आवेदन दिने शिवहरि नेपाल खाद्य संस्थान र राष्ट्रिय विमा संस्थानका महाप्रवन्धक हुन्। कार्यकारी निर्देशकमा आवेदन हाल्ने धिताल वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS