IME Life New

“नेपालमा शहरी खानेपानी तथा उर्जा सेवा स्तरीकरण” सम्बन्धि सम्मेलन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा शहरी खानेपानी तथा उर्जा सेवामा पछिला समय विकास भएका विश्वमा प्रविधिको प्रयोग गर्दै खानेपानी र उर्जा थप परिस्कृत गर्न सरोकारवाला सबै एक जुट भएका छन् ।

शहरी सेवा प्रबन्धका चुनौतिहरूलाई ध्यानमा राख्दै, जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा “नेपालमा शहरी खानेपानी तथा उर्जा सेवा स्तरीकरण” विषयमा भएको कार्यक्रममा सरोकारवालाहरु अहिले विकास भएका नयाँ प्रविधिको प्रयोगबाट मात्र गुणस्तरिय सेवा दिन सकिन्छ भन्ने बारे केन्द्रित रहेको छ ।

Esewa
Crest

गोलमेच सम्मेलन माार्फत गरिएको कार्यक्रममा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले खानेपानीमा डिजिटाइजेशन : समस्या र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा खानेपानी तथा ढल बिकास विभागका विभागका महानिर्देशक इं.रमाकान्त दुवाडी, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटा,खानेपानी मन्त्रालयकी सहसचिव मिना श्रेष्ठ, खानेपानी विभाग इसाउका डा. रञ्जित ओझाले प्रस्तुतीमाथि टिप्पणी गर्दै अहिलेका चुनौती र आगामी आवश्यकताबारे बोलेका थिए । सहभागीहरुले आगामी दिनमा प्रविधिकै प्रयोग गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपालमा शहरी ऊर्जा र खानेपानीको सेवाप्रवाहमा वर्तमान चुनौतीहरू बुझ्न, सस्तो र पहुँचयोग्य ऊर्जा तथा सुरक्षित खानेपानीका क्षेत्रमा काम गर्ने नेपालका सरोकारवालाहरूसँग साझेदारी विकास गर्न र आपसी समझदारीका क्षेत्रहरू पहिचान गर्नका लागि छलफल भएको थियो । यस्तै कार्यशालामा पहुँचयोग्य र किफायती ऊर्जा र सुरक्षित खानेपानीका लागि यस क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाहरूको विचार र दृष्टिकोण साझा गर्न तथा कम र मध्यम आय भएका देशहरूमा उत्कृष्ट अभ्यासहरू र अनुभवबाट खानेपानी र ऊर्जामा सार्वजनिक तथा निजी साझेदारीलाई स्पष्ट बनाउने विषयमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका बीस भन्दा बढि बरिष्ठ सरकारी अधिकारीहरू, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्थाहरू र जिएसएमएले सहयोग गरेका संस्थाहरु सहभागी थिए । यसमा दियालो टेक्नोलोजिज, घामपावर तथा इसेवा, जियोकृषि, र प्राक्टिकल एक्सन आदि संस्थाहरुको समेत सहभागिता थियो । यस कार्यशाला मार्फत जिएसएमए डजिटल उपयोगिता टोली र यसका साझेदारहरू, दियालो टेक्नोलोजिज र घाम पावर मार्फत शहरी क्षेत्रमा ऊर्जा र खानेपानी सेवाहरू स्तरीकरण गर्न डिजिटल समाधान र साझेदारीको सम्भावनाको बारेमा चेतना जगाउने आशा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS