IME Life New

नेपालमा बीमा व्यवसायका यस्ता छन् समस्याहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विकसित मुलुकहरुमा बीमा अनिवार्य जस्तो नै भइसकेको छ । सोरुमको गाडी बाहिर निकाल्दा होस वा व्यक्तिे किन्ने कुनै पनि सामाग्रीको किन नहोस् , बीमा समावेश गरिएको हुन्छ । कुनै व्यक्ति जन्मिनासाथ उसले स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्दछ । त्यस्ता देशमा राज्यको निश्चित करको वा बजेटको हिस्सा बीमा क्षेत्रलाई विभाजन गरिएको हुन्छ । हाम्रो जस्तो अल्पविकसित वा विकासेन्मुख देशहरुमा बीमाको झन महत्व झन बी हुँदा हुँदै पनि धेरै नागरिक बीमा क्षेत्रको पहुँचभन्दा बाहिर छन् । बीमा भनेको जोखिम हस्तान्तरण गर्नु हो, जहाँ गरिबी हुन्छ , त्यहाँ विविध जोखिमहरु अवश्य हुन्छन् ।

गरिबीको कारणले दिर्धरोगको उपचार गर्न नसक्नु, प्राणघातक रोगको उपचार महङगो पर्नु, दुर्घटनावापतको उपचार शुल्क महङगो हुनु हाम्रा सामाजिक समस्या हुन् । यस्तै, समस्याहरुको खर्च न्यूनिकरण गर्ने भनेको जोखिम हस्तान्तरण गर्नु हो वा खर्चको केही हिस्सा अर्कोलाई जिम्मा लगाउनु हो । त्यसैले प्रत्यक्ष स्वरुप भनेको नै बीमा हो । बीमा गर्नका लागि निश्चित शुल्क तिर्नुपर्छ । उक्त शुल्क बीमाको शिर्षकमा फरक फरक पर्न आउँछ । जीवन बीमा गर्दा नाफासहित फिर्ता हुने हुनाले सरदर प्रतिलाखमा सात हजार प्रति वर्ष तिर्दा पुग्दछ भने निर्जीवन बीमा जहाँ स्वास्थ्य, ट्राभल, ट्रेकिङ, मोटर बीमा, मेसिन, कार्गो आदी गर्दा सस्तो पर्दछ तर घटना घटेर प्रमाणित भएपछि मात्र निश्चित रकमको क्षतिको पुर्ति पाइन्छ । नेपालको सहरी इलाकामा बीमाको केही सकारात्मक प्रभाव परे पनि समष्टिगत रुपमा यसको प्रभाव कम नै मानिन्छ ।

Esewa
Crest

हाम्रो देश जहाँ ४० प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनी रहेका छन् । यस्तो ठाउँहरुमा बीमा बजार विस्तार गर्नलाई चुनौतिपुर्ण छ । जहाँ आम्दानीले दैनिक जीवन निर्वाह गर्न गाह्रो छ । त्यहाँ पैसा बचत गरेर बीमाको लागि छुटाउन झन गाह्रो हुन्छ । हाल आएर राज्यले कतिपय जिल्लाहरुमा गरिबीहरुको लागि निशुल्क स्वास्थ्य बीमा गरेको छ । यसमा बीमाको ५० हजार प्रति परिवारको दरले औषधोपचार खर्च पाउने गरी बीमा गरेको हुन्छ ।

गाँस, बास, कपास जस्तै बीमालाई आधारभुत आवश्यक्ता मानेर राज्यले पहल गर्ने हो भर्ने हो हरेक व्यक्तिका सामाजिक सुरक्षा जस्ता समस्याको समाधान त्यही बन्नेछ । नागरिकको जन्मसिद्ध अधिकारमा स्वास्थ्य ,शिक्षा रोजगारी जस्तै स्वास्थ्यको रोलमोडल बीमा क्षेत्रले गर्नु जररुरी र राज्यको प्रत्यक्ष सहभागितालाई निरन्तरता दिँदै जानु पर्दछ ।

बीमा व्यवसाय सामाजिक रुपमा महत्वपुर्ण भएकाले यस क्षेत्रलाई राज्यले केही योगदान दिनुपर्दछ । त्यसतर्फ अग्रसर बन्दै जानुपर्दछ । जीवन बीमाका लागि व्यक्तिे आफ्नो हैसियत अनुसार गरेको बीमा रकममा केही अंश मात्र राज्यले बेहोर्न सकेमा बढीभन्दा बढी नेपाली नागरिक बीमित हुन सक्थे । जसको फलस्वरुप नागरिकको आर्थिक अवस्था उकासिने थियो । पछिल्लो समय बीमा क्षेत्रको पहुँद्ध बृद्धि हुँदै आएको छ । जसमा कुल जनसंख्याको ३५ प्रतिशत जनता बीमाको पहुँचमा पुगेका छन् । तर अझै सोचेजस्तो बीमा पहुँच विस्तार हुन सकेको छैन् ।

बीमा व्यवसाय नेपालमा बीमक, बीमित, अभिकर्ता, राष्ट्र र समाजका लागि महत्वपुर्ण तथा अत्यावश्यक ब्यसाय भए पनि आफै समस्यारहित बन्न सकेको छैन् । यसका विविध कारणहरु रहेका छन् ।

शैक्षिक समस्या
समाजमा उज्यालोको प्रकाश छर्ने शिक्षा हो । त्यसैले बहुसंख्यक जनता शिक्षित हुनु आवश्यक छ । शिक्षित व्यक्तिलाई यस व्यवसायको बारेमा बुझाउन सजिलो हुन्छ त्यसैले स्कुल स्तरबाटै नै पाठ्यक्रममा बीमा सम्बन्धी विषय समावेश गरिनुपर्दछ ।

ज्ञानको कमी
शिक्षित व्यक्तिहरुमा पनि जीवन तथा निर्जीवन बीमा सम्बन्धी ज्ञानको कमी पाईनछ । यसलाई आधारभुत शिक्षाको रुपमा समावेश गर्न सकेमा बीमा सम्बन्धी ज्ञान सर्वव्यापक भई नागरिक आफैं जागरुक हुन सक्छन् ।

राजनीतिक समस्या
देशको राजनीतिक उत्तरचढावले बीमा व्यवसायमा निकै फरक पर्दछ । राजनीतिक स्थिती, प्रदर्शन, विविध नामका संघर्ष, आन्दोलन युद्धजस्ता क्रियाकलापले देशको अर्थतन्त्र धरासायी भई व्यक्तिको आम्दानी घट्न सक्छ र यसको असरस्वरुप बीमा व्यवसायमा गिरावट आउँछ ।

सामाजिक,सांकृतिक र आर्थिक समस्या
बीमा व्यवसायको प्रमुख समस्या सामाजिक, सांस्कृतिक र आर्थिक समस्या हुन् । सामाजिक रुपमा यसको महत्व दिन जन्म र मृत्यु सामान्य प्रक्रिया ठानी बीमाको बारेमा प्रत्येक व्यक्तिले पहल नगर्नु र दैनिकी जीवनयापनको कर्तव्यभित्र बीमा व्यवसायलाई प्राथमिकतामा नराख्नु यसका समस्याहरु हुन् । नागरिकको प्रतिव्यक्ति आम्दानी कम भई आर्थिक भारको रुपमा बीमा शुल्कलाई लिनु,खराब खर्च घटाई बीमा शुल्कमा परिणत गर्न नसक्नु यस व्यवसायको अर्को समस्या हो ।

विश्वसनीयता
बीमा शुल्क वापत जम्मा गरेको रकम बीमकले इमान्दारीपुर्वक शर्तभित्र रहेर भुक्तानी गर्दछन् भन्ने पुर्ण रुपमा ग्राहक नागरिक बीमकहरु वा राज्यको निकायले विश्वास दिलाउन नसक्नु यस व्यवसायको मुख्य समस्या हो ।

बीमकको इमान्दारीता
जीवन निर्जीवन बीमाको दाबी भुक्तानी सरल र सहज रुपमा बीमित वा ग्राहहरुलाई सजिलै उपलत्तध गराउनुपर्दछ । यसले बीमा कम्पनीहरुको इमान्दारीता प्रदर्शन भई बजार विस्तारमा टेवा पुग्न सक्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS