IME Life New

नेपालमा अझै ४६% जनता बैंकिङ पहुँचबाट टाढा, अन्य छिमेकी मुलुकको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको कुल जनसंख्याको अझै ४६ प्रतिशत जनता बैंकिङ कारोबारबाट टाढा रहेको पाइएको छ।

नेपाल राष्ट्र बैंकको संलग्नता हालै तयार गरिएको ‘पेमेन्ट इनोभेसन्स एन्ड रिस्क्स इन साउथ एसिया’ प्रतिवेदनले सन् २०२१ सम्म यस्तो अवस्था देखाएको हो। प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्याको ४६ प्रतिशत बैंकिङ पहुँचबाट टाढा छन्। यसको मतलब ५४ प्रतिशत जनताले मात्रै बैंकिङ सेवासुविधा लिइरहेका छन्।

Esewa
Crest

त्यसो त दक्षिण एसियाको कुल जनसंख्याको करिब ६८ प्रतिशतले मात्रै बैंकिङ सुविधा पाएका छन्। अर्थात दक्षिण एसियाका ३२ प्रतिशतभन्दा बढी जनसंख्या बैंकिङ पहुँचबाट टाढा रहेका छन्।

छिमेकी मुलुक भारतका साढे २२ प्रतिशत जनताले अझै बैंकिङ सुविधा नपाएका छैनन् भने बंगलादेशमा यो संख्या ४७.२ प्रतिशत रहेको छ।

उता श्रीलंकामा १०.७ प्रतिशत जनता मात्रै बैंकिङ पहुँचबाट टाढा छन्। त्यहाँका ८९.३ प्रतिशत जनताले बैंकिङ सुविधा प्राप्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS