IME Life New

नेपालको वित्तीय क्षेत्रको सशक्त निकाय बीमा हुनुपर्छः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको वित्तीय क्षेत्रको सशक्त निकाय बीमा हुनुपर्ने आफूहरुको मान्यता रहेको बताएका छन्।

बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो धारणा राखेका हुन्। अध्यक्ष सिलवालले बीमा क्षेत्र स्वतन्त्र नहुन्जेलसम्म वित्तीय क्षेत्र पनि स्वतन्त्र हुन नसक्ने बताए। ‘त्यसैले बीमाको प्रयोग कसरी गर्न सक्छौँ, कसरी जनतासम्म पुर्याउन सक्छौँ, कसरी जनताको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सक्छौँ, कसरी राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सक्छौँ, आमचासोको विषय हुनुपर्छ भन्ने मलाई लाग्छ’, उनले भने।

Esewa
Crest

अध्यक्ष सिलवालले भने, ‘हामीले बीमालाई लिएर प्रक्रिया र कानुनका कुरा गरौँ । तर, हाम्रा लागि सबैभन्दा प्यारो भनेको हाम्रो जीवन हो, हामीसँग जोडिएको हाम्रो परिवार हो। र, हामीले आर्जन गरेको हाम्रो सम्पत्ति हो। त्यसको सुरक्षा हामीले गर्न सक्यौँ भने हामीले भनिरहेको समृद्धि पाटाहरु, मुलुकका विकासका पाटाहरुलाई हामीले छुन सक्छौँ ।’

मुलुकका हरेक नागरिकाको सुरक्षाको प्रत्याभूति गर्ने जिम्मेवारी राज्यको रहेको सिलवालले बताए। ‘उसको सम्पत्तिको सुरक्षा गरिदिने, जीवनको सुरक्षा गरिदिने सरकारले गरिदिनुपर्छ’, उनले भने, ‘सक्नेले आफैँ बीमा गर्नुपर्यो, नसक्नेको राज्यले गरिदिनुपर्छ।’

अध्यक्ष सिलवालले सरकारको स्पष्ट नीति र निर्देशनले बीमालाई फड्कोमा सहयोग पुग्ने बताए। ‘नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायसँग मिलेर बीमा प्राधिकरणले बीमा क्षेत्रमा अझै उत्कृष्ट नियमन गर्नेछ’, उनले भने, ‘हाम्रो अभिभावक भनेको सरकार हो। त्यसैले सरकारले बीमा क्षेत्रलाई सबल बनाउन उचित मागदर्शन दिन्छ भन्ने मलाई विश्वास छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS