IME Life New

नेपालको बाह्य स्थिति सुदृढ हुँदै गएको छः आईएमएफ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको बाह्य स्थिति सुदृढ हुँदै गएको जनाएको छ। टिडियाने किन्डाको नेतृत्वमा आएको आईएमएफका कर्मचारीहरुले गत फेब्रुअरी ५ देखि १२ सम्म नेपाल भ्रमण गरेका थिए। त्यसपछि किन्डाले एक वक्तव्य जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

किन्डाले उत्कृष्ट रेमिट्यान्स, पर्यटन गतिविधिमा वृद्धि, सुस्त आयात र मुद्रास्फीति घट्दै गएका कारण नेपालको बाह्य स्थिति सुदृढ हुँदै गएको बताएका छन्। ‘कमजोर घरेलु माग, ठूलो संख्यामा विदेशिने र मौद्रिक छुटको बाबजुद न्यून ऋण वृद्धिले निकट अवधिको आर्थिक वृद्धिलाई निरन्तरता दिन्छ’, किन्डाले भनेका छन्, ‘आन्तरिक राजस्व परिचालनमा वृद्धि र पुँजीगत खर्चको कार्यान्वयनलाई तीव्रता दिनुले वित्तीय दिगोपन सुनिश्चित गर्दै आर्थिक वृद्धिलाई आवश्यक सहयोग प्रदान गर्नेछ।’

Crest

बढ्दो निष्क्रिय कर्जालाई ध्यानमा राखी वित्तीय स्थायित्व जोगाउन बैंकहरुको सम्पत्तिको गुणस्तरमा बढ्दो सतर्कता र पर्यवेक्षणका प्रयासहरु महत्वपूर्ण रहेको किन्डाले उल्लेख गरेका छन्। ‘मध्यकालीन आर्थिक दृष्टिकोण अनुकूल रहन्छ। किनकि पूर्वाधारमा रणनीतिक लगानी, अझ विशेषगरी ऊर्जा क्षेत्रमा सम्भावित वृद्धिलाई समर्थन गर्ने अपेक्षा गरिएको छ’, उनले भनेका छन्, ‘आगामी अन्तर्राष्ट्रिय लगानी सम्मेलनले नेपालको आर्थिक क्षमता देखाउने अवसर प्रदान गर्नेछ। लगानीको वातावरणलाई दिगो रुपमा सुधार गर्न समयसापेक्ष सुधारले लगानी सम्मेलनको पूर्ण फाइदा उठाउन र भविष्यमा बलियो वृद्धिको मार्गप्रशस्त गर्न मद्दत गर्नेछ।’

आईएमएफको प्राविधिक सहयोगमा कोष समर्थित कार्यक्रमअन्तर्गत मुख्य प्रतिबद्धताहरु पूरा गर्न नेपालका अधिकारीहरुको निरन्तर प्रयासलाई किन्डाले स्वागत गरेका छन्। ‘यस कार्यक्रमअन्तर्गतको कार्यसम्पादनलाई विस्तारित ऋण सुविधाको चौथो समीक्षाको सन्दर्भमा औपचारिक रुपमा मूल्यांकन गरिनेछ, जुन वर्षको मध्यमा हुने अपेक्षा गरिएको छ’, उनले भनेका छन्।

भ्रमणका क्रममा आईएमएफ टोलीले नेपाली अधिकारीहरुसँग रचनात्मक छलफल गरेको थियो। आईएमएफको एसिया र प्रशान्त विभागका उपनिर्देशक गुल्डे–वुल्फले महत्वपूर्ण बैठकहरुमा भाग लिएकी थिइन्। आईएमएफ टोलीले अर्थमन्त्री डा प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलगायत उच्च सरकारी तथा केन्द्रीय बैंकका अधिकारीसँग भेटघाट गरेको थियो। आईएमएफ टोलीले निजी क्षेत्र र विकास साझेदारहरुका प्रतिनिधिहरुसँग पनि भेटेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS