IME Life New

नेपालको पर्यटन बजारमा उम्रिरहेका पाँचतारे होटलका चुनाैती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पर्यटन बजारमा पछिल्लो समयमा पाँचतारे होटलको संख्या एकपछि अर्को गर्दै थपिँदै गएको छ। काठमाडौं उपत्यकामा मात्र सीमित रहँदै आएको पाँचतारे होटल उपत्यकाबाहिर पनि उल्लेख्य संख्यामा देखिन थालेका छन्।

काठमाडौंमा मात्र नभएर तराईका पर्यटकीयस्थल र पर्यटक नगरी पोखरामा समेत थप पाँचतारे स्तरका होटलहरु निर्माणाधीन छन्। होटल व्यवसायमा अर्ब रुपैयाँभन्दा माथिका लगानी गर्नका लागि स्वदेशी लगानीकर्ता जोखिम मोलेरै भए पनि अघि सरेका छन्। प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक सम्पदा सम्पन्न नेपालको पर्यटन बजारमा ठूलो संख्यामा पर्यटक आगमन हुने आशामा पर्यटन व्यवसायी एकपछि अर्को गर्दै पर्यटन पूर्वाधारमा लगानी गरिरहेका छन्।

Esewa
Crest

छिमेकी दुई मुलुक भारत र चीनबाट विश्वका पर्यटकीय गन्तव्यमा जाने पर्यटकमध्ये ५ प्रतिशतमात्रै भए पनि नेपालमा भित्र्याउन सके यहाँको पर्यटन बजार गुल्जार हुने आशा पर्यटन व्यवसायीको छ। पछिल्लो समयमा छिमेकी मुलुक भारतले धार्मिक पर्यटनमार्फत नेपालको पर्यटकीय गन्तव्यहरुमा भारतीय हिन्दुलाई नेपाल घुमाउने प्रयास गरिरहेको छ। अर्को छिमेकी चीनले पनि नेपाल पर्यटन वर्ष २०२५ को घोषणा गरेर औपचारिक रुपमा नै आफ्ना नागरिकलाई नेपालको पर्यटकीय गन्तव्यमा घुमघाम गर्न हौस्याएको छ।

पर्यटन क्षेत्रमा पर्याप्त सम्भाव्यताका बाबजुद यहाँ ठूला लगानीका होटल व्यवसायका लागि भावी दिनहरुमा चुनौती छ। ठूलो लगानीका होटल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन र नाफा आर्जन गरेर लगानीबापतको रकम झिक्न ८ देखि १० वर्षको समय लाग्ने भएकाले यो अवधिमा नेपालको राजनीति, क्षेत्रीय राजनीति, क्षेत्रीय स्थिरता र हवाई उडान सुरक्षा र पूर्वाधारको विस्तारले यो व्यवसायमा ठूलो प्रभाव पार्छ।

रेटिङ एजेन्सी, इन्फोमेरिक्स नेपालले द मेट्रोपलिटन होटल लिमिटेडको बैंक ऋण सुविधाका लागि गरेको वित्तीय अवस्थासम्बन्धी मूल्यांकनमा उच्च ऋण भार, ठूलो लगानी, सञ्चालन स्थिरीकरण र लामो गर्भावस्थालाई चुनौतीका रुपमा औँल्याएको छ। प्रिमियम स्तरका होटलको सञ्चालन स्थिरीकरणका लागि कम्तीमा २ देखि ३ वर्षको समय लाग्ने इन्फोमेरिक्सको टिप्पणी छ।

मध्यम स्तरका बजेट होटलहरुको तुलनामा प्रिमियम होटलका लागि ठूलो लगानीको आवश्यकता पर्ने भएकाले यसको लामो गर्भावस्था (नाफाको स्थितिमा पुग्ने समय) अवधि हुन्छ। ग्राहकलाई आकर्षित गर्ने, होटलका अधिकांश कोठा बिक्री गर्न सक्ने, आफ्नो ब्रान्ड लोकप्रियता स्थापित गर्ने र होटलबाट लाभ उठाउने क्षमता पाँचतारे होटलका चुनौती हुन्।

यसबाहेक नेपालको होटल उद्योग काठमाडौंभरि संगठित र असंगठित खेलाडीहरुको उपस्थितिले खण्डित छ। गुण समूहले ग्वार्को चोकमा ३०० कोठाको, अस्ट्रेलियन व्यापारी शेष घलेले ठमेलमा २२५ कोठे, सांग्रिला होटलले लाजिम्पाटमा, भाटभटेनी समूहले दरबारमार्गमा अन्नपूर्ण, चौधरी समूहले पुल्चोक र कुपण्डोलमा, चाबहिलमा गोपीकृष्ण, कर्मा ग्रुपले महाराजगन्जमा, सिप्रदी समूहले रवि भवनमा द ओबरोय काठमाडौंसहित एक दर्जनभन्दा बढी १ अर्ब रुपैयाँ माथिको लगानीका होटल निर्माणाधीन छन्।

यसबाहेक देशमा नयाँ होटलको बढ्दो संख्याले प्रभावित भएको छ। किनकि लगानीकर्ता र सरकार दुवैले पर्यटन क्षेत्रको वृद्धिमा ध्यान केन्द्रित गरेकाले नयाँ होटलको बढ्दो संख्या पनि चुनौतीका रुपमा देखिएको छ। होटलहरुबाट भएको ग्राहकको मागको तुलनामा आपूर्तिमा सुस्त वृद्धिका कारणले गर्दा होटल व्यवसायीबीच प्रतिस्पर्धा पनि तीव्र भएको छ।

नेपालको होटल उद्योग धेरै हदसम्म विदेशी पर्यटकको आगमनमा निर्भर भएकाले अन्तर्राष्ट्रिय बजारमा नेपालको छविले पनि ठूला होटलको भविष्य निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS