IME Life New

नेपालको उड्डयन क्षेत्रले रच्यो इतिहास, आन्तरिक उडान दैनिक २० घन्टासम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाढीपहिरोले देशका प्रायः सबै मुख्य सडकमा क्षति पुर्याएपछि आन्तरिक हवाई उडानमा यात्रुको चाप बढेको छ। योसँगै नेपाल उड्डययन क्षेत्रले नयाँ इतिहास रचेको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २० घन्टासम्म आन्तरिक उडान हुन थालेको छ।

पूर्ण सिट क्षमतामा यात्रु लिएर अहिले एयरलाइन्स कम्पनीहरुले बिहान ५ः३० बजेदेखि भोलिपल्ट बिहान २ः३० बजेसम्म आन्तरिक उडान भर्न थालेका छन्। यसरी दैनिक आन्तरिक उडान २० घन्टासम्म नेपालको उड्डयन क्षेत्रमा पहिलोपटक भएको हो। यो सम्भव सबै एयरलाइन्स कम्पनी र तिनका कर्मचारीबाट भएको देखिन्छ।

Esewa
Crest

दसैँको बेला काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको छ। तर, गत असोज ११ र १२ गतेको वर्षाले राजधानी जोड्ने प्रायः सबै सडकमार्गका ठाउँठाउँमा क्षति पुगेको छ। कतै पहिरो सडक छापेको छ भने कतै सडक नै बगाएको छ। विभिन्न खोलामा आएका बाढीले पुलहरु बगाएको छ।

सडकमार्गबाट घर फर्किन सम्भव नभएपछि अहिले हवाई यात्रुको चाप बढेको हो। त्रिभुवन विमानस्थलबाट सोमबारमात्रै आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५५९ वटा फ्लाइट भएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए। जसमा आन्तरिकतर्फ २२७ अवतरण र २२१ वटा उडान छन्। यसमा हेलिकोप्टबाट हुने उडान पनि समावेश रहेको छ।

शेर्पाका अनुसार सोमबार अन्तर्राष्ट्रियतर्फ ५६ वटा अवतरण र ५५ वटा उडान भएका छन्। त्रिभुवन विमानस्थलको इतिहासमा यो हालसम्म धेरै उडान र अवतरण रहेको शेर्पाले बताए।

आज मंगलबारका लागि त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ १६९ उडान र १६९ वटा अवतरण रहेका छन्। अन्तर्राष्ट्रियतर्फ ५८ वटा उडान र ५७ वटा अवतरण रहेको छ। केही हेलिकोप्टर उद्धारका लागि उड्नेछन्।

प्रायः दसैँको बेला हवाई उडानको चाप देखिने गरेको छ। गत वर्षको दसैँमा पनि दैनिकजसो ५०० फ्लाइट भएको हो। जसमा २७० वटा आन्तरिक उडानबाट १४ हजार यात्रुहरु गन्तव्यमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS