IME Life New

नुवाकोटको वेलकोट गढीमा ओम हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले नुवाकोट जिल्लाको बेलकोट गढीमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सफलताका साथ सम्पन्न गरेको छ। अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओम हस्पिटल, गरिमा बिकास बैंक र यशोदादेबी भगवान सिंह के.सी. मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा बेलकोट फाँटिपौवा स्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा संचालित शिविरमा बेलकोट गढी नगरपालिकाले समेत सहकार्य गरेको थियो ।

पूर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता अर्जुन नर्सिङ केसीले उद्घाटन गरेकोे शिविरम स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहिहरु लाई निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो । वेलकोटगढी वरपरका ग्रामिण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ओम अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, स्त्री क्यान्सर परिक्षण तथा फार्मेसी सेवा लगायतका विषयहरुमा २५ जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित शिविर सञ्चालन गरेको हो ।

Esewa
Crest

ओम हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परिक्षण शिविरमा वरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौं स्थित ओम हस्पिटलमा विशेष छुट समेत प्रदान गरिने व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता अर्जुन नर्सिङ के.सी.ले नुवाकोटलाई प्रथमिमतामा राखेर विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेकोमा ओम हस्पिटल परिवारलाई धन्यवाद ज्ञापन गरे ।

ओम हस्पिटल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले ओम अस्पतालको स्थापना कालदेखी नै आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा यस किसिमका स्वास्थ्य शिविर संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने प्रतिवद्धता ब्यक्त गरे ।

एकदिवशिय शिविरमा चर्म तथा यौन रोग, हाडजोर्नीमा, दन्त चिकित्सा सेवा, सामान्य चिकित्सा, छाती तथा फोक्सो, मुटुरोग, स्त्री तथा प्रसुती, महिला सम्बन्धि क्यान्सर परिक्षण लगायतका विधामा आठसय भन्दा बढी विरामीले विशेषज्ञहरु सँग परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए ।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञता सेवाहरु सुलभ मूल्यमा विश्वस्तरिय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो । जसले तिन दशक अघिदेखी निरन्तर र अविच्छिन्न रुपमा ओम अस्पतालले स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS