IME Life New

निष्कासन भएको २६ दिनपछि माथिल्लो तामाकोसीको सेयर बाँडफाँट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ)मा आवेदन दिने लगानीकर्तालाई न्युनतम ४० कित्तादेखि ५० कित्तासम्म सेयर परेको छ । बिक्री खुला गरिएको २६ दिनपछि बाँडफाँट गरिएको आइपीओमा ४० देखि ५० क्रित्ताका दरले ३ लाख ३४ हजार आवेदकले सेयर परेकाे हाे ।

मङ्गलबार गरिएको बाँडफाँटमा ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिएका लगानीकर्तालार्इ न्युनतम ४० कित्ता सेयरका दरले १ करोड ३३ लाख ६३ हजार कित्ता सेयर परेको छ । यस्तै बाँडफाँटबाट बाँकी रहेको १७ लाख २७ हजार ७ सय ५० कित्ता सेयरका लागि पुन ३ लाख ३४ हजार ७५ जना आवेदकबाट गोलाप्रथाद्धारा १० कित्ताका दरले १ लाख ७२ हजार ७ सय ७५ कित्ता सेयर पाएका छन् ।

Esewa
Crest

सर्वसाधारणका लागि कात्तिक १५ देखि २१ गतेसम्म खुलाइएको सेयर आज बाँडफाँट भएको हो । सञ्चयकोषका कर्मचारी तथा स्थानीयवासी बाहेकका सामूहिक लगानीकोषका कर्मचारीलाई तथा लगानीकर्ताका लागि मात्र कम्पनीले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो ।

कम्पनीले सामूहिक लगानीकोषलाई ७ लाख ९४ हजार २ सय ५० कित्ता तथा सर्वसाधरणका लागि १ ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर निष्कासन गरिएको थियो । यसअघि स्थानीयका लागि खुलाइएको सेयरमा आवेदन दिई सेयर परेका लगानीकर्तालाई सेयर आवेदनमा रोक लगाइएको थियो ।

कम्पनीले स्थानीयका लागि खुलाएको आइपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुलाएको थियो । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धक सनराइज क्यापिटल हुन् ।स्थानीयवासीले दोहोर्याएर सेयरमा आवेदन दिएपछि बाँडफाँटमा ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS