IME Life New

निषेधाज्ञा थपिन सक्ने, जोखिम घटेको छैन : स्वास्थ्य मन्त्रालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा थप गर्ने विषयमा अहिलेसम्म स्थानीय प्रशासनले कुनै पनि निर्णय गरेको छैन । तर कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सिसिएमसी’ ले भने अवस्था अझै सहज नभैसकेकोले निषेधाज्ञा थप गर्न सुझाव दिन सक्ने देखिएको छ ।

काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप एक साता लम्ब्याउने विषयमा कुनै पनि छलफल नगरेको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । उनले भने ‘निषेधाज्ञा थप गर्ने विषयमा मैले बोल्दै नबोलेको विषयमा समाचार लेखेर सञ्चार माध्यमका साथिहरुले पङ्गु बनाउनु भयो ।’

Esewa
Crest

केहि समय अगाडि प्रदेश स्तरमा छलफल हुँदा प्रमुख जिल्ला अधिकारीहरुले विस्तारै निषेधाज्ञालाई खुकुलो बनाउदै लैजानु पर्ने सुझाव दिएका थिए । यस बाहेक अहिलेसम्म कुनै पनि छलफल भएको छैन । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले गत १९ गते जेठ मसान्तसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेका थिए ।

जेठ ३१ गते पछि निषेधाज्ञा थप गर्ने या के गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै पनि छलफल पनि नभएको निरौलाले जानकारी दिए । अव केहि दिनमै यस विषयमा छलफल सुरु गर्ने उनले जानकारी दिए ।

आज कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सिसिएमसी’को बैठक बस्दै छ । बैठकले कोभिड १९ को जखिमका विषयमा छलफल गरेर सुझाव दिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनले भने ‘जोखिम अझै घटेको छैन । नियन्त्रणका लागि अझै के के गर्ने भन्ने विषयमा आज साझ सिसिएमसीमा छलफल हुँदैछ ।’

अहिले पनि १०० जनामा कोरोना परिक्षण गर्दा १८/१९ जनामा देखिइरहेको छ । यस्तो अवस्थालाई जोखिमपुर्ण अवस्थाको रुपमा लिइन्छ । सामान्य हुनका लागि १०० जनामा कोरोना परिक्षण गर्दा दुई जनामा मात्रै पोजेटिभ देखिनु पर्छ । त्यसैले गर्दा सिसिएमसीले अझै केहि समय निषेधाज्ञा थप गर्न सुझाव दिन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS