IME Life New

निषेधाज्ञाले रिलायन्स लाईफको आईपिओ नरोकिने, पूर्व सूचना बमोजिम भोलिबाटै जारी हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाईफले भोलिबाट जारी गर्न लागेको आईपिओ कोरोना महामारीका कारण घोषणा गरिएको निषेधाज्ञामा नरोकिने भएको छ । काठमाडौंका तीन वटै स्थानीय प्रशासनले आज राति १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक सेवा बाहेकका सबै कार्यमा रोक लगाउने निर्णय गरिसकेको सन्दर्भमा भोलिबाट जारी हुने आईपिओ के होला ? भन्ने जिज्ञाशाका बीच सेबोन र बिक्री प्रबन्धक दुवैले भोलिबाट पूर्ववत रुपमा रिलायन्स लाईफ लगायतको आईपिओ जारी हुने बताएका छन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने, ‘हामीले साउन महिनाभरको समय दिएर अनलाईनमा खाता खोल्न भनेका थियौं, पर्याप्त समय दिएर अनलाईनमा आबद्ध हुने अवसर दिइसकिएको छ, अहिले आएर पाइन, भ्याइन भनेकै भरमा आईपिओ निष्काशन पर सार्ने काम हुँदैन ।’ उनले सबै कम्पनीहरुको आईपिओ पूर्व निर्धारित मितिमा जारी हुने जानकारी दिए । अध्यक्ष ढुंगानाले छ लाख भन्दा बढिले मेरो शेयरमा खाता खोलेकाले सबैले शेयर भर्न पाउने विश्वास व्यक्त गरे ।

Esewa
Crest

उता, बिक्री प्रबन्धक सानिमा क्यापिटलले पनि रिलायन्स लाईफको आईपिओ भोलिबाट पूर्व निर्धारित समयतालिका अनुसार नै बिक्री सुरु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS