IME Life New

निर्वाचन आयोगले सार्वजनिक गर्यो कार्यतालिका, असोज २३ गते उम्मेदवारी दर्ता खुला गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते तय भएको राष्ट्रिय सभा तथा प्रदेश सभा सदश्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले असोज २३ गते उम्मेदवारी दर्ता खुला गर्नेछ ।

कार्यतालिका अनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गर्नेछ । त्यस्तै असोज २१ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । साथै असोज २३ गते मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । जुन दिन दशैको अन्तिम दिन अर्थात पुर्णिमा हो ।

Esewa
Crest

समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्ष तर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ ।

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS