IME Life New

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले लिए अवकाश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्वाचन आयोगका निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले छ वर्षे पदावधि पूरा गरी आयोगका आयुक्तबाट अवकाश लिएका छन् । आयोगले एक कार्यक्रमको आयोजना गर्दै आयुक्त पौड्यालको बिदाइ गरेको हो।आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र कानूनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गर्दै आयोगको छविलाई उच्च राख्न पौड्यालले खेल्नुभएको भूमिकाको प्रशंसा गरे। प्रमुख आयुक्त थपलियाले नयाँ संविधानपछिको पहिलो निर्वाचन (विसं.२०७४) देखि नै निर्वाचन सञ्चालन र व्यवस्थापनमा पौड्याले दिएको योगदान आयोग र आम जनताका लागि सम्पति हुने बताउँदै पौड्यालको आगामी जीवनको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरे ।

Esewa
Crest

आयुक्त पौड्यालले निष्ठा, सदाचारिता र व्यावसायिकतालाई मूलमन्त्र मानेर आफूले सार्वजनिक सेवामा काम गरेको र जिम्मेवारी पूरा हुँदा आफू खुसी हुने उल्लेख गर्दै नयाँ संविधानपछि कानूनी र व्यवस्थापकीय अनुभवको अभावबीच २०७४ सालको निर्वाचन सफल बनाइएको स्मरण गरे। उनले कानूनको इमानदारीपूर्ण पालनाबाट संवैधानिक आयोगको गरिमा बढ्ने विश्वास व्यक्त गरे।

आयोगमा विसं। २०७३ फागुन ५ गते आयुक्तका रूपमा राष्ट्रपतिबाट नियुक्त पौड्यालले सोअघि करिब तीन दशक निजामति सेवामा व्यतित गरी विशिष्ट श्रेष्णी (सचिव) बाट अवकाश प्राप्त गरेका थिए। विसं। २०१५ वैशाख ११ गते स्याङ्जामा जन्मेका पौड्यालले वातावरण इञ्जिनियरिङ, समाजशास्त्र लगायत विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । विश्वका ४५ मुलुकको भ्रमण गरेका पौड्याललाई सार्वजनिक खरिद, करार व्यवस्थापन, कार्यदक्षता मूल्याङ्कन, खानेपानी व्यवस्थापन, अनुगमन/मूल्याङ्कन जस्ता विषयको विज्ञको रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS