IME Life New

निर्माण व्यवसायी महासंघले भन्यो, ‘सार्वजनिक खरिद नियमावली संशोधन स्वागतगयोग्य’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावली २०६४ माथिको संशोधनको नेपाल निर्माण व्यवसायी महासंघले स्वागत गरेको छ । नेपाल निर्माण व्यावसायी महासंघले सार्वजनिक खरीद नियमावली, २०६४ को नवौं संशोधनले व्यवसायीहरुको महत्वपूर्ण मागहरु पूरा गरेको भन्दै संशोधनको स्वागत गरेको हो ।

निर्माण व्यवसायी महासंघले बुधवार पत्रकार सम्मेलन गर्दै संसदबाट हालै भएको नवौं संशोधनले म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनाहरुमा निर्माण व्यावसायीहरुलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त सकारात्मक भएको प्रतिक्रिया दिएको छ । महासंघका अध्यक्ष रवि सिंहले भने, ‘संशोधित नियमावलीअनुरुप रुग्ण आयोजना सुचारु भएर रोकिएको भुक्तानी दिन थालेपछि विकास खर्चको दर बढ्न गई मुलुकको समग्र आर्थिक अवस्था नै चलायमान हुने र पूँजीगत खर्चमा वृद्धि भई मुलुकले आर्थिक प्रगति हासिल गर्ने निश्चित छ ।’

Esewa
Crest

सरकारले सार्वजनिक खरिद नियमावली २०६४ संशोधन गरेपछि महासंघले प्रतिबद्धता अनुरुप महासंघ अन्तर्गत रहेका ७ ओटै प्रदेश महासंघ, ७७ ओटा जिल्ला संघ र एशोसिएट सदस्यहरु समेत गरी देशैभरिका १५ हजार निर्माण व्यवसायीहरुलाई यथाशिघ्र काममा फर्कन आह्वान गरेको छ ।

महासंघले गत मंसिरमा सार्वजनिक खरिद नियमावलीका विरुद्धमा सडक संघर्ष गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS