IME Life New

निर्धन उत्थान लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औं साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २९ दशमलव ५ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण, हिसाव, नगद प्रवाह, वासलात, नाफा नोक्सान लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका सदस्यको मनोनयन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS