IME Life New

निर्जीवन बीमा कम्पनीको १३३ प्रतिशत प्रिमियम पुनर्बीमा कम्पनीको खातामा, थोरै मात्रै जोखिम लिदा मुनाफा प्रभावित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जनको १३३ प्रतिशत रकम पुनर्बीमा कम्पनीमा हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा १३ अर्ब १३ करोड रुपैयाँ पुनर्बीमा कम्पनीमा हस्तान्तण गरेका हुन् ।

Esewa
Crest

निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्दा कुल बीमा शुल्क आर्जन र खुद बीमा शुल्क आर्जन गरि दुई किसिमको तथ्याङ्क सार्वजनिक गर्छन् । कम्पनीहरुले बीमितहरु सँग लिएको बीमा शुल्कलाई कुल बीमा शुल्क आर्जन भनिन्छ । बीमित सँग लिएको प्रिमियम मध्ये पुनर्बीमा कम्पनीलाई पठाएर बाँकी रहेको बीमा शुल्क जुन आफैले बहन गर्छन् त्यसलाई खुद बीमा शुल्क आर्जन भनिन्छ ।

नेपालका अधिकाम्स निर्जीवन बीमा कम्पनीहरुले थोरै मात्रै जोखिम आफैले बहन गर्ने भएकाले अधिकाम्स प्रिमियम पुनर्बीमा कम्पनीमा हस्तान्तरण हुने गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन ९ अर्ब ८२ करोड रुपैयाँ मात्रै छ । यो बराबरको जोखिम उनिहरु आफैले बहन गरेका छन् ।

जुन कम्पनीको खुद बीमा शल्क आर्जन बढि हुन्छ त्यस कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता पनि बढिरहेको थाहा हुन्छ । निर्जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन गएका वर्षको तुलनामा बढिरहेको छ । साथ साथै खुद र कुल बीमा शुल्क आर्जन विचको अनुपात पनि बढिरहेको छ । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई पूँजी बढाउन निर्देशन दिए सँगै जोखिम बहन गर्न सक्ने क्षमता बढिरहेको छ । जुन कम्पनीको पूँजी कोष (चुक्ता पूँजी र जगेडा कोषको जोड) बढि हुन्छ त्यस्ता कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता पनि बढ्ने भएकाले तुलनात्मक रुपमा बलियो पूँजी कोष भएका कम्पनीको मुनाफा पनि राम्रो देखिने गरेको छ । यसले नाफा बढाउन मद्दत गरे पनि भोलिका दिनमा दाबी बढि पर्दा नोक्सान पनि बेहोर्नु पर्ने हुन सक्छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन नेको इन्स्योरेन्स कम्पनीको छ । कम्पनीले एक अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा खुद बीमा शुल्क आर्जन भने एक अर्ब ३६ करोड रुपैयाँ छ । कम्पनीले ४० प्रतिशत मात्रै पुनर्बीमामा पठाएको देखिन्छ ।

पुनर्बीमा कम्पनीमा सबै भन्दा कम अनुपातमा जोखिम हस्तान्तरण गर्ने कम्पनी पनि नेको नै रहेको छ। सबै भन्दा धेरै बीमा शुल्क आर्जन गरेको शिखर इन्स्योरेन्सले एक अर्ब ८८ करोड रुपैयाँ पुनर्बीमा कम्पनीमा हस्तान्तरण गरेको छ । कम्पनीले जम्मा बीमा शुल्क आर्जनको  १७४ प्रतिशत जोखिम हस्तान्तरण गरेको छ ।

सबैभन्दा धेरै जोखिम हस्तान्तरण गर्नेमा नयाँ निर्जीवन बीमा कम्पनीहरु छन् । अजोड, सानिमा र जनरलले २०० प्रतिशत भन्दा धेरै खोजिम पुनर्बीमा कम्पनीहरुमा हस्तान्तरण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS