IME Life New

निराश बन्दै अभिकर्ता, बीमा कम्पनीद्वारा करोडौंको राहत वितरण, अभिकर्ताको भान्छामा एक बोरा चामल पुगेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्ताहरु जीवन बीमा कम्पनीका स्थायी, अस्थायी वा करारका कर्मचारी होइनन् । तर, तिनै बीमा अभिकर्ताहरुले व्यवसाय नगरे जीवन बीमा कम्पनीहरुको व्यापार अघि बढ्न सक्दैन । नेपाल सरकारले कोरोना भाइरसविरुद्धमा सिंगो देश लकडाउन गरेको आज ४५ औं दिन हो । आजसम्म नेपालका कुनै पनि जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्तालाई आर्थिक वा भौतिक तथा खाद्यान्न सहयोग गरेको जानकारी पेशागत अभिकर्ता संघलाई छैन ।

गत चैत्र ११ गतेदेखि जारी लकडाउनको ४५ दिनको अवधीमा जीवन बीमा अभिकर्ताहरुसँग अधिकांश कम्पनीहरुले छलफल गर्दै आएको छ । तर, जीवन बीमा अभिकर्ताहरुलाई परेको गाह्रो साघुरोको बारेमा खासो चासो नराख्ने गरेको बीमा अभिकर्ताहरुको गुनासो छ । बीमा व्यवसायमा कमिशनमा काम गर्ने एक लाख भन्दा बढि बीमा अभिकर्ताहरुले चैत्र र बैशाख महिनामा घरखर्च धान्ने आम्दानी गरेका छैनन् । माघ फागुनमा काम गरेको व्यवसायबाट बैशाखको पहिलो महिनासम्म कमिशन आएको भएपनि अब आउने ठाउँ नरहेको र अब बाँच्नै मुश्किल पर्ने अवस्था आउन लागेकोमा अभिकर्ताहरु चिन्तित बनेका छन् ।

Esewa
Crest

नेपालमा दर्ता भएका १८ वटा र एक विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालयसहित कूल १९ वटा कम्पनीले कोरोना महामारीका विरुद्धमा लड्न भन्दै नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा चार करोड ४९ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । कोरोना पीडित जनताको घरैमा राहत पुर्याउन तथा उपचारमा सहयोग होस् भन्ने उद्देश्यले संघमा आबद्ध सबै कम्पनीहरुबाट सो रकम हस्तान्तरण गरेको हो ।

यस बाहेक विभिन्न जीवन बीमा कम्पनीहरुले आफुखुशी करोडौं रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन् । तर, जीवन बीमाबारे जनचेतना जगाउँदै ग्रासरुट खटिदै आएका बीमा अभिकर्तालाई आफ्नै कम्पनीहरुले कुनै सहयो गरेका छैनन् । पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले भने, ‘कम्पनीहरुले विभिन्न क्षेत्रमा सहयोग गरेको कुरा सुनेका छौं, ४५ दिनदेखि एक रुपैयाँ आम्दानी गर्न नसकेका अभिकर्ताको भान्सामा कुनै पनि कम्पनीले एक बोरा चामल पुर्याएको रेडर्क छैन ।’ बीमा अभिकर्ताहरुप्रति सम्बन्धीत कम्पनीले कम चासो राखेको गुनासो अभिकर्ताहरुको छ । त्यसो त, कतिपय जीवन बीमा कम्पनीहरुले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ, तर एक जना पनि अभिकर्ताको बीमा गराएका छैनन् ।

व्यवसायमा आधारित कमिशनमा काम गर्ने बीमा अभिकर्ताहरु कोरोना भाइरसको महामारीविरुद्ध घोषणा गरिएको लकडाउनको कारण घरभित्रै थुनिएका छन् । एक लाखभन्दा बढि सक्रिय अभिकर्ताहरुको पेशागत सुरक्षाको लागि बीमा कम्पनी तथा बीमा समितिले चासो नदेखाएको बीमा अभिकर्ताहरुको गुनासो छ । जीवन बीमा अभिकर्ताहरुले पेशा छोडेर अन्यत्र जान नपाउँदै जीवन बीमा कम्पनी तथा बीमा समितिले संयुक्त प्याकेज ल्याउनुपर्ने संघ अध्यक्ष तिवारी बताउँछन् । लामो समयको लकडाउनले अभिकर्ताहरु भोक भोकै पर्ने अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS