IME Life New

निरकुंश शेख हसिनाको सत्ता ढाल्ने आन्दोलनमा बंगलादेशमा ४४० जनाको ज्यान गयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेशमा सत्ता विरूद्ध भएको आन्दोलनमा सरकारी दमन र झपका कारण जुलाइ १६ यता ४४० जनाको ज्यान गएको छ। स्थानीय अखबार प्रथम आलोका अनुसार पछिल्लो पटक सोमबार राजधानी ढाका र आसपासको क्षेत्रमा भएको हिंसात्मक झडप र सुरक्षाकर्मीको गोली प्रहारबाट १०९ जनाको मृत्यु भएको छ।

जुलाइ १६ देखि शुरू भएको पहिलो चरणको प्रदर्शनमा २०० जनाको ज्यान गएको थियो । सरकारले बंगलादेश स्वतन्त्रता आन्दोलन सेनानीको परिवारजनलाइ सरकारी जागिरमा ५६ प्रतिशतसम्म आरक्षणको घोषणा गरेपछि त्यहाँ शान्तिपूर्ण प्रदर्शन शुरू भएको थियो। प्रदर्शनमा सत्तारूढ दल र सरकारी सुरक्षाकर्मीले दमन शुरू गरेपछि हिंसामा परिणत भएको थियो । सरकारी आरक्षणको घोषणामा जुलाइ २२ मा सर्वोच्च अदालतले रोक लगाएपछि आन्दोलन मत्थर भएकोमा पुनः गत आइतबारबाट विरोध प्रदर्शन शुरू भएको थियो ।

Esewa
Crest

अखबारका अनुसार सोमबार दिनभर विभिन्न स्थानमा भएको झडपका क्रममा मारिनेमा उपजिल्ला परिषदका अध्यक्ष, दुई जना संघ परिषद्का अध्यक्ष र सुरक्षाकर्मी सहित १०९ जना रहेका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै विद्यार्थी र आम नागरिकले ‘मार्च टु ढाका’ कार्यक्रमलाई केन्द्रमा राखेर सोमबार दिउँसो राजधानीको जात्राबारीको काजला क्षेत्रमा प्रदर्शन गरि रहेका थिए । प्रदर्शनका क्रममा शान्ति सुरक्षा बलका सदस्यहरूले उनीहरूमाथि अन्धाधुन्ध गोली बर्साउँदा, धेरै जना प्रदर्शनकारी मारिए । ढाका मेडिकल अस्पताल स्रोतका अनुसार गोली लागेर मृत्यु भएका ३० जनालाई जात्राबारी क्षेत्रबाट अस्पताल लगिएको थियो ।

विभेद विरुद्धको विद्यार्थी आन्दोलनको एकबुँदे माग पूरा गर्ने अन्तिम घडीमा आइतबार राजधानी ढाकासहित देशका विभिन्न भागमा भएको झडपमा कम्तीमा १०९ जनाको मृत्यु भएको थियो । यसअघि गत आइतबार राति १२ बजेसम्म ९८ जनाको मृत्यु भएकोमा मध्यरातमा थप १६ जनाको मृत्यु भएसँगै आइतबार कूल मृतकको संख्या ११४ पुगेको प्रथम आलोले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS