IME Life New

नियोजित रुपमा दाबी भुक्तानी नगर्ने कम्पनीलाई समितिले दिन गनेर व्याज असुल्ने व्यवस्था गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा समितिको आयोजनामा आइतवार (हिजो) ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिनगन्ती गरेर बीमा रकमको व्याज समेत दिनुपर्ने व्यवस्था गरिने बताएका छन् ।

अध्यक्ष सिलवालले देशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका साथै बीमितको हित रक्षा गर्नु बीमा समितिको मुख्य कार्य भएको उल्लेख गर्दै बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसापत्र दिने र कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही गरिने स्पष्ट पारेका छन् ।

Esewa
Crest

उनले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको र त्यसको मस्यौदा समेत बुझाइसकेको उल्लेख गर्दै त्यसलाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तयार रहेको जानकारी दिए ।

अध्यक्ष सिलवालले भने, “आगामी १० वर्षपछि बीमाको रकम बैङ्कको भन्दा पनि बढी हुन्छ, अब हरेक विषयमा बीमा केन्द्रित हुनुपर्छ र बीमा रकमको लगानी सुनिश्चित गर्नुपर्छ ।”

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताउदै बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्स्योरेन्स इन्ष्टिच्युट नेपाललाई अनुमती दिइएको जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले समितिले  एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी दिदै बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमाप्रतिको विश्वास कायम राख्न आग्रह गरे ।

बीमा समितिका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमालेख र बीमाङ्कीय सम्बन्धी जानकारी दिएकी थिइन् । त्यस्तै बीमा समितिका बीमाङ्की प्रेक्षा माथेमाले बीमाङ्की मूल्याङ्कन सम्बन्धी जानकारीमूलक तथ्याङ्क  र बजार विश्लेषण सहितको जानकारी दिएकी थिइन् । बीमा समितिका निर्देशक सुशीलदेव सवेदीले बीमा कम्पनीहरुमा देखिएका कैफियतहरु र सुधारका कदमका बारेमा चर्चा गरेका थिए । बीमा समितिका निर्देशक दिनेश कुमार लालले संचालन गरेको कार्यक्रममा जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले फ्युचर बोनस प्रोभिजनिङले कम्पनीलाई धेरै प्रभाव पारेको भन्दै सहजिकरण गर्न अनुरोध गरेका थिए । सिइओहरुको अनुरोधलाई संबोधन गर्दै समितिका अध्यक्ष सिलवालले सबैलाई समितिको निर्देशन भित्र रहेर काम गर्न अनुरोध गरेका थिए । समितिले कम्पनीको हितकै लागि निर्देशन जारी गरेको हुँदा नियमको उल्लङ्घन नगर्न अनुरोध गरेका थिए । नियमको उल्लङ्घन गर्ने कम्पनीलाई कारबाही गर्ने भन्दै उनले चेतावनी समेत दिएका छन् । समितिले प्रमुख कार्यकारी अधिकृतहरु सँग बीमाको विषयमा छलफल गर्न तथा गुनासो सुन्न यस्तो कार्यक्रम आयोजना गरेको थियो तर प्रमुख कार्यकारी अधिकृतहरुले कार्यक्रममा खासै आफ्ना कुराहरु राखेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS