IME Life New

नियम विपरित ‘नम्बर वानको’ विज्ञापन गर्दै नेपाल लाइफ, एशियन लाइफलाई तत्काल कारबाही गर्ने समिति अहिले मौन !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै समयमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफुलाई ‘नेपालको नम्बर १ जीवन बीमा कम्पनी’ भन्दै प्रचार गर्दा बीमा समितिले तत्काल यस्तो विज्ञापन नगर्न निर्देशन दिएको थियो । तर अहिले नेपाल लाइफले एशियन लाइफकै शैलीमा आफैले आफुलाई ‘नेपालकै नम्बर एक जीवन बीमा कम्पनी’ भन्दै प्रचार गरिरहेको छ ।

संस्थागत सुशासन तथा नियम विपरित नेपाल लाइफले विभिन्न सञ्चार माध्यम तथा प्रचार सामाग्रीमा ‘नेपालकै नम्बर वान जीवन बीमा कम्पनी सँग आजै जीवन बीमा गरौं’ भन्दै प्रचार गरिरहेको छ । एशियन लाइफले यस्तो प्रचार गर्दा तत्काल यस्तो कार्य बन्द गर्न निर्देशन दिने बीमा समिति अहिले भने मौन देखिन्छ ।

Esewa
Crest

तत्कालिन समयमा एशियन लाइफले वैदेशिक रोजगार बीमालेख जारी गरेर आर्जन भएको बीमा शुल्कका आधारमा आफुले आफैलाई नम्बर एक जीवन बीमा कम्पनी भने पछि समितिले बन्द गर्न निर्देशन दिएको थियो । नेपाल लाइफ अहिलेको अवस्थामा विभिन्न सूचकमा अन्य जीवन बीमा कम्पनी भन्दा अगाडी छ । तर केहि सूचकमा अगाडी भएकै आधारमा आफैले आफैलाई ‘नम्बर वान’ भनेर प्रचार गर्नु आफैमा कानुन विपरित भएको बीमा समितिका उच्च पदाधिकारीले बताए ।  उनले भने ‘कि त बीमा समितिले नै तिमि नेपालको नम्बर वान बीमा कम्पनी हौ भनेर भनिदिनु पर्यो हैन भने उसलाई नम्बर वान भन्ने अधिकार कसले दियो ?’

नम्बर वान हुन बीमा शुल्क, चुक्ता पूँजी, जगेडा कोष, दाबी भुक्तानी, जीवन बीमा कोष, लगानीलाई मात्रै हेरेर हुँदैन । कम्पनीले बीमित सँग गर्ने व्यवहार, सेवा सुविधा देखि लिएर प्रचलित ऐन, कानुन, निर्देशन, संस्थागत सुशासन लगायतको पालनालाई पनि हेर्नु पर्छ । त्यस पछि पनि कसैले मूल्याङ्कन गरेर अवार्ड नम्बर वानको पदक दिनु पर्ला । कसैले दिइहालेछ भने पनि कुन संस्थाले दियो भन्ने कुरालाई पनि हेर्नु पर्छ ।

तर नेपाल लाइफ संस्थागत सुशासनको पालनमा सून्य छ । नेपाल लाइफका सञ्चालकले नियम विपरित भत्ता बुझेको पाइए पछि केहि दिन अगाडी मात्रै कम्पनी सँग स्पष्टीकरण सोधेको थियो । त्यस्तै नियम विपरित अमित कयाललाई योग्यता नै नपुगी दुई तह बढुवामा परेको उजुरी पछि उक्त बढुवा तत्काल खारेज गर्न निर्देशन दिएको छ । सञ्चालक समितिका अध्यक्षले आफ्नै भान्जा कयलालाई यसरी नियम विपरित नियुक्ति तथा बढुवा गरेको पाइएको छ ।

कम्पनीका सञ्चालकहरुले भत्ता बुझ्नैका लागि नियम विपरित उपसिमित बनाउदै भत्ता बुझेको पाइएको छ । कम्पनीमा सञ्चालक भएर कर्मचारीको व्यवहार गर्ने सञ्चालकहरुको चरम माइक्रोम्यानेजमेन्टले पनि कम्पनी कतिसम्म खराव छ भन्ने कुरालाई आकलन गर्न सकिन्छ । यस्तो अवस्थामा कम्पनीले आफुलाई नेपालको नम्बर वान बीमा कम्पनी भन्नु कत्तीको सान्दर्भिक हुन्छ ?

नेपाल लाइफका अभिकर्ताहरु अहिले आन्दोलनमा छन् । उनिहरुले आफ्नो माग संवोधन नभएका खण्डमा यहि पुस १७ गतेदेखि पोलिसी बिक्री गर्न बन्द गर्ने घोषणा गरिसकेका छन् । अभिकर्ताहरुले आफुले खाइ पाइआएको सेवा सुविधा कटौती गर्ने अभियानमा कम्पनी लागि परेको  आरोप लगाउदै आएका छन् । हिजोका दिनमा तिनै अभिकर्तालाई प्रयोग गरेर गलत तरिकाबाट कम्पनीका सञ्चालक, उच्च व्यवस्थापन, कर्मचारीले टार्गेट पुरा गर्ने अहिले उनिहरुलाई पन्छाएर अगाडी बढ्न खोज्दा यस्तो अवस्था आएको हो । यो भनेको नेपाल लाइफ हिजोका दिनमा कतिसम्म अव्यवसायिक रहेछ भन्ने कुराको प्रमाण हो ।

कम्पनीमा विवेक झा बाहेक कुनै पनि प्रमुख कार्यकारी अधिकृतले आफ्नो पुर्ण कार्यकाल खाएका छैनन् ।  झाले पनि आफ्नो दोस्रो कार्यकाल कयौ पटक राजिनामा दिएर थमौती हुँदै बस्नु परेको थियो । एउटा प्रमुख कार्यकारी अधिकृतले आफ्नो काम कर्तव्य अधिकार प्रयोग गर्न समेत पाउदै भने त्यस्तो कम्पनी कसरी नम्बर वान हुन सक्ला ?

हिजोका दिनमा एशियन लाइफलाई नियामक निकाय बीमा समितिले जसरी जुन व्यवहार गरेको थियो त्यहि व्यवहार नेपाल लाइफमा पनि आवश्यक देखिएको छ । बीमा समितिका आखामा १९ वटै जीवन बीमा कम्पनी उत्तीकै हो । सबैलाई गर्ने व्यवहार एउटै हुनु पर्छ । अर्को तर्फ बीमा समितिले एउटा जीवन बीमा कम्पनीमा बीमा गर्दा राम्रो हुन्छ अर्कोमा गर्दा राम्रो हुँदैन पनि भन्न पाउदैन । यहि सैद्धान्तिक पृष्ठभुमिलाई हेर्ने हो भने बीमा समितिले नेपाल लाइफलाई तत्काल कारबाही गर्न सक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS