IME Life New

नियमावलीमार्फत ल्याइयो बीमकले जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली, २०८१ मार्फत बीमकले जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने व्यवस्था ल्याएको छ।

गत फागुन १२ गते नेपाल राजपत्रमा प्रकाशित नियमावली दफा ११ मा बीमा ऐनको दफा ३६ बमोजिम प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्तापुँजीको अतिरिक्त बीमकले जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने व्यवस्था ल्याइएको हो। ऐनको उक्त दफामा बीमकको न्यूनतम चुक्तापुँजी प्राधिकरणले तोकेबमोजिम कायम गर्नुपर्ने व्यवस्था छ। सोही दफाको उपदफा (१)मा बीमकको न्यूनतम चुक्तपुँजी प्राधिकरणले समय–समयमा निर्धारण गरेबमोजिम हुने उल्लेख पनि छ।

Esewa
Crest

यसैगरी नियमावलीमा ऐनबमोजिम बीमकले गर्ने प्रत्येक बीमा प्रकार (पोर्टफोलियो)को जोखिमको व्ययभार व्यहोर्नका लागि बीमांकीले निर्धारण गरेबमोजिमको रकम छुट्टाछुट्टै कोषमा राख्नुपर्ने व्यवस्था गरिएको छ। नियमावलीमा जीवन बीमा व्यवसाय गर्ने बीमकले अनिवार्य जगेडा कोष कायम गर्नुपर्ने रकम जीवन बीमा कोष खडा गरी सोही कोषमा राख्नुपर्ने, कुनै एक प्रकारको बीमा (पोर्टफोलियो)को जीवन बीमा कोष अर्को प्रकारको बीमा (फोर्टफोलियो)को जीवन बीमा कोषमा रकम सार्न वा सो कोषबाट दायित्व व्यहोर्न नपाइने र बीमकले ऐनबमोजिम तोकिएको रकम छुट्टै खडा गरिएको विशेष कोषमा राख्नुपर्ने प्रावधान ल्याइएको छ।

बीमितले दाबी गरेपश्चात बीमकले तोकिएको अवधिभित्र दाबी भुक्तानी हुन नसकेको अवधिसम्मका लागि बीमाको प्रकार वा प्रकृतिबमोजिम दाबीबापत हुन आउने दायित्व (अन्तराइटिङ क्लेम) दाबी भुक्तानी कोषमा देखाउनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ। बीमकको समाप्त नभएको जोखिम (अनएक्स्पायर्ड रिस्क रिजर्भ)बापतको रकम ऐनबमोजिम अनिवार्य जगेडा कोषमा समावेश भइसकेको भए त्यस्तो दायित्वबापतको रकम दाबी भुक्तानी कोषमा देखाउनु नपर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS