IME Life New

निफ्राले घटायो निक्षेपको ब्याजदर, कर्जाको भने बढायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निक्षेपको ब्याजदर घटाएको छ।

निफ्राले आज जनवरी ३० देखि लागू हुने गरी निक्षेप ब्याजदर घटाएर सार्वजनिक गरेको हो। अब निफ्राले ५ वर्षभन्दा बढी अवधिको निक्षेप खातामा व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत ब्याज उपलब् गराउनेछ। यसअघि व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याज दिँदै आएको थियो।

Esewa
Crest

निफ्राले कम्तीमा ५ वर्ष अवधिको दीर्घकालन निक्षेपमात्रै संकलन गर्छ। जसमा व्यक्तिको कम्तीमा १ करोड रुपैयाँ र संस्थाको कम्तीमा ५ करोड रुपैयाँ निक्षेप निफ्राले संकलन गर्ने गर्छ।

यसैगरी निफ्राले कर्जाको ब्याजदर भने बढाएको छ। निफ्राले परियोजनाहरुको ऋणमा लिँदै आएको अधिकतम ब्याजदर बढाएर १४ प्रतिशत पुर्याएको छ। निफ्राले कर्जाको न्यूनतम ब्याजदर भने ११ प्रतिशत नै कायम गरेको छ।

यसअघि निफ्राले कर्जाको ब्याजदर न्यूनतम ११ प्रतिशतदेखि अधिकतममा १३ प्रतिशतसम्म लिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS