IME Life New

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ । तर व्यवहारमा हामीले दलहरुले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महशुस गर्न सकेको छैनौ । मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइन्छ ।”

उनले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउदै यसले राजश्व घटाउने मात्र काम गरेको बताए ।

Esewa
Crest

“हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौँ । त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौ भनेर सल्लाह पनि दिएका थियौँ । तर त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्यो । त्यसले गर्दा अहिले राजश्वमा ठूलो असर गरेको छ,” उनले भने । हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न उहाँले सरकार तथा नियामक निकायलाई सुझाव समेत दिए ।

बैंकबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै उहाँले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने संकेत गरे । “केही वर्ष पहिले कुनै एउटा बैंकको बारेमा पत्रपत्रिकामा समाचार आउँदा बैंकको निक्षेप फिर्ता लिन बैंकमा सर्वसाधारणको लाइन लागेको थियो । त्यो बैंकबाट सर्वसाधारणले अस्वाभाविक रुपमा निक्षेप निकालेका थिए र नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न परेको थियो । अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ । यो डर लाग्दो अवस्था हो । हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौ भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ,” उनले भने ।

उनले बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो भनेर प्रश्न समेत गरे । “उपस्थित राजनितिक दलका नेतृत्व तथा उद्योगी व्यवसायीहरु साथीहरुलाई म सोध्न चाहन्छु, बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो । बैंकको निक्षेप भनेको त आम जनताको पैसा होला । यदि बैंकमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौ भने र बैंकलाई मात्र गाली गर्ने गरी कुरा गर्यौ भने त्यसको नतिजा के होला,” उनले प्रश्न गरे ।

उनले भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे । “म निजी क्षेत्रका साथीहरुलाई पनि भन्न चाहन्छु । तपाईहरु वास्तविक र व्यवहारिक बन्नुस् । त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ । सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेबार कुराका पछाडि नलागौ । यसले कुनै दिन हामीले कल्पना नगरेको संकट निम्ताउन सक्छ,” उनले भने ।

कोरोना भाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उहाँले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताए ।

त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको उनले बताए । “तर अहिले अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको छ । वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,” उनले भने ।

नवलपुरको धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयसम्म काम अघि बढ्न नसकेको बताउँदै उहाँले यसको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह समेत गरे । “सरकारले हरेक बजेट तथा कार्यक्रममा यो फलाम खानीबाट फलाम उत्पादन गर्ने गरी कारखाना सञ्चालनका लागि कार्यक्रमहरु राख्ने गरेको छ । तर, आजसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । बरु, यसलाई निजी क्षेत्रको जिम्मा दिनुहोस् । हामी यसलाई सञ्चालनमा ल्याउछौ,” उनले भने ।

आगामि चैत्रमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको प्रसंगमा कुरा गर्दै उहाँले सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । “मलाई साथीहरुले तपाईले सर्वसम्मत नेतृत्वका लागि सुझाव दिने त होला भन्दै हुनुहुन्थ्यो । म प्रदेशको साथीहरुलाई आग्रह गर्न चाहन्छु । हामी राजनैतिक दलमा जस्तो चुनावी प्रकृयामा नजाऔँ । केही प्रदेशहरुले सर्वसम्मत नेतृत्व छान्दै राम्रो उदाहरण पनि प्रस्तुत गरेका छन् । तपाई गण्डकी प्रदेशका साथीहरुले पनि सर्वसम्मत नेतृत्वको लागि प्रयास गर्नुहोस् । त्यस्तै, केन्द्रका आकांक्षी साथीहरुलाई पनि सकेसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्नका लागि म आग्रह गर्न चाहन्छु । त्यसो हुन नसकेमा तपाईहरुले स्वस्थ र प्रजातान्त्रिक तरिकाबाट निर्वाचन प्रकृयामा जान म आग्रह गर्न चाहन्छु,” उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS