IME Life New

निक्षेप सुरक्षण काेषमा बैंकले गराए ११ खर्ब रुपैयाँभन्दा बढी रकमकाे बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । निक्षेप तथा कर्जा सुरक्षण काेषले सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेकाे ११ खर्ब रूपैयाँभन्दा बढी निक्षेप सुरक्षणकाे प्रत्याभूती दिएकाे छ । काेषले  निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेकाे रकममध्ये ११ खर्ब ५९ अर्ब ६५ कराेड ९६ लाख रूपैयाँ सुरक्षणकाे प्रत्याभूती प्रदान गरेकाे हाे ।

काेषका अनुसार चालू आर्थिक वर्षकाे माघ मसान्तसम्ममा सुरक्षण गरिएकाे कूल रकममध्ये क वर्गकाे वाणिज्य बैंकहरूले मात्र १० अर्ब २ कराेड रूपैयाँ सुरक्षण गराएका छन् ।बाँकी रकम विकास बैंक र वित्तीय संस्थाहरूले सुरक्षण गराएका हुन् ।

Esewa
Crest

४ कराेड ५ लाख ८८ हजार सर्वसाधारणले बचत खातामा जम्मा गरेकाे निक्षेपमध्ये प्रत्येक बैंककाे खातामा जम्मा भएकाे पाँच लाख रूपैयाँसम्मकाे निक्षेप सुरक्षणकाे ग्यारेण्टी गरिएकाे छ। निक्षेप सुरक्षणवापत काेषले बैंक तथा वित्तीय संस्थाहरूबाट तीन महिनाकाे औसत निक्षेपकाे ०.०४ प्रतिशतका दरले सुरक्षण शुल्क असुल्दै आएकाे छ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक, विकास बैंक, मर्चेन्ट बैंक, लघु वित्तकम्पनीहरू कुनै कारणले वित्तीय अवस्था खराब भई खारेजीमा जाने अवस्था आएमा  सर्वसाधारणले बै‌ङ्क खातामा जम्मा गरेकाेमध्ये अधिकत्तम पाँच लाख रूपैयाँ काेषले नै फिर्ता गर्नेछ।

निक्षेप सुरक्षण शुल्कवापत मात्र काेषले गत माघ मसान्तसम्ममा १ अर्ब ८३ कराेड रुपैयाँ स‌ंकलन गरेकाे छ।

यसैगरी साना तथा मझाैला उद्यम कर्जा सुरक्षण सेवा अन्तर्गत काेषले फागुन मसान्तसम्ममा ६ हजार १६३ ऋणीकाे १२ अर्ब ४४ कराेड २८ लाख रूपैयाँ सुरक्षण गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS