IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोष र स्वस्तिक लघुवित्तबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच पशुधन सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख जिवन सापकोटा र स्वस्तिक लघुवित्त वित्तीय संस्था लि। को तर्फबाट प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा स्वस्तिक लघुवित्त वित्तीय संस्था लि। का उच्च व्यवस्थापनका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

कोषले विगत केही महिनादेखि आफ्ना सुरक्षण कार्यक्रमहरुको विस्तारका लागि अख्तियार गर्दै आएको रणनीति अन्तर्गत कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र स्वस्तिक लघुवित्तिय संस्थाका उच्च पदस्थ पदाधिकारी बीच यसै हप्ता सम्पन्न अन्तरक्रिया तथा वार्ताको फलस्वरुप संस्थाले आफुले प्रदान गरेको कर्जाबाट ऋणीले खरिद गरेका पशुधनको सुरक्षण कोष मार्फत गर्न तत्परता जनाए पश्चात यो सम्झौता भएको हो ।

Esewa
Crest

यस प्रकार सुरक्षण हुने पशुधनको कुल सुरक्षण रकमको पाँच प्रतिशत वार्षिक रुपमा सुरक्षण शुल्क लाग्ने छ । सो को ८० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी २० प्रतिशत स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कोषमा जम्मा गर्नु पर्ने छ ।

कोषमा सुरक्षित पशुधनको मृत्यु भएमा सो को क्षतिपुर्ति वापत सुरक्षण लेखमा उल्लेखित सुरक्षण रकमको ९० प्रतिशतले हुन आउने रकम संस्थाले दाबी गर्न सक्ने छ । साथै सुरक्षण गरेको पशधनु अनुत्पादक भएको प्रमाणित भएमा त्यस्तो पशुधनको सुरक्षण लेखमा उल्लेखित सुरक्षण रकमको ५० प्रतिशतले हुन आउने रकम संस्थाले दाबी गर्न सक्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS