IME Life New

निःशुल्क बीमा सम्बन्धि प्रचार प्रसार रोक्न समितिद्धारा निर्देशन, नयाँ निर्देशन जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमकले सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६ जारी गरेको छ ।

समितिल यसअघि बैंकहरुले निःशुल्क बीमा भनेर गलत प्रचार प्रसारलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बिषयमा बीमा विज्ञ भोजराज शर्मा र कार्यकारी निर्देशक राजुरमण पौडेलसहितको अध्यक्षतमा छानबिन अध्ययन टोली गठन गरेको थियो । सोही बिषयमा कम्पनीहरुसँग समेत छलफल पश्चात् बीमा समितिले नयाँ माग निर्देशन जारी गरेको हो ।

Esewa
Crest

बीमकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा एवं बीमा व्यवसायको प्रचार प्रसार गर्दा एकरुपता कायम गरी बीमा जोखिमाङ्कन कार्यलाई व्यवस्थित बनाउन समितिले बीमा ऐन, २०४९ को दफा ८(घ२) को अधिकार प्रयोग गरेर मार्गदशर्न जारी गरको जनाएको छ ।

यस निर्देशीका जारी भएसँगै बीमा कम्पनीहरु विभिन्न संस्थाहरुसँग सहकार्य गर्दा उक्त संस्थाले बीमाको प्रचार–प्रसार गर्दा बीमा कम्पनीको नाम स्पष्ट रुपमा खुलाउन वा बीमक कम्पनीको सहकार्यमा भन्ने विवरण सपष्ट रुपमा खुलाउनुपर्ने भएको छ ।बीमकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा लाग्ने बीमा प्रिमियकम शुल्क सम्वन्धित संस्थाले नै तिर्ने भएमा यसको बीमा प्रिमियम शुल्क संस्था स्वंयले बेहोर्ने भन्ने सुचना दिनुपर्ने माग दर्शनमा उल्लेख छ ।

साथै बीमकले नयाँ बीमालेख जारी गर्दा पुरानो बीमालेख नविकरण गर्दा संस्थाको नाममा एउटा मूल बीमालेख जारी गर्नुपर्ने उल्लेख छ । साथै कुनै पनि संस्थाले ग्राहक वा निक्षेपकर्ताको स्पष्ट पहिचानसहित फारम भर्न लगाउनु पर्ने निर्देशिकामा उल्लेख छ । साथै बीमितिले मूल बीमालेख हेर्न सक्ने गरी संस्थाको वेवसाईटमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

साथै घातक रोगको हकमा चिकित्सकको स्वास्थ परीक्षण प्रतिवेदन प्रमाण सहित बीमांकको अन्डरराइटिङ्ग गरेको हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै, बीमा समितिले बीमांकको अधिकतम हद कायम गनुपर्ने सीमा पनि तोकिदिएको छ । मागदर्शन अनुसार बीमा कम्पनीहरुले औषधोपचार बीमाका अधिकतम हद १ लाख रुपैयाँ र निधारण गरेको छ भने घातक रोगको अधिकतम रकम १० लाख रुपैयाँँ र दुर्घटना बीमाको अधिकतम् १० लाख रुपैयाँ निधारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS