IME Life New

नासा सेक्यूरिटीजको २ योजना सार्वजनिकः ब्रोकरबाटै कर्जा लिएर शेयर खरिद गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले मार्जिन कारोबारको साबिक योजनाहरु संशोधन गर्दै थप नयाँ दुई योजना सार्वजनिक गरेको छ । उक्त योजनामा लगानीकर्ताले शेयर ब्रोकरबाट कर्जा लिएर शेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबार रहेको छ ।

नासाले थप गरिएको पहिलो योजना अन्तर्गत २५ लाख सम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार शुरु गर्न पाउनेछन् । यस योजना ३० दिने अवधिका लागि उपलब्ध हुने छ भने यसमा जम्मा शुल्क २४ हजार ५५५ रुपैयाँ लाग्नेछ ।

Esewa
Crest

यसैगरी, दोस्रो योजना अन्तर्गत २५ लाख सम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि रहने र यसमा लाग्ने शुल्क भने ४९ हजार ९५५ रुपैयाँ रहेको नासाले जनाएको छ । साविक योजना अन्तर्गत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले भने ३० र ५८ दिने अवधिका लागि ९ हजार ५५५ र १९ हजार ५५५ रुपैयाँमा कारोबार गर्न सक्नेछन् ।

कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेटसभत्र पूर्ण स्वीकृत गरी सेवा उपलब्ध गराउने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS