IME Life New

नासा सेक्युरिटिजको नयाँ शाखा पोखराको न्यूरोडमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले असार १५ बाट पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय खोलेको हो ।

नासा सेक्यूरिटिजका प्रबन्ध संचालक मदन पौड्यालले एक समारोहकाबीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । सो समारोहमा पोखरा शाखाका शाखा प्रबन्धक सागर सेढाईले अन्य स्थानहरुमा जस्तै पोखरामा पनि राम्रो सेवा दिने बताए । उनले सो शाखा कार्यालय मार्फत धितोपत्र खरिदबिक्रि, डिपी सेवा तथा मार्जिन ट्रेडिङको सेवा प्रदान गर्ने उनले बताए ।

Esewa
Crest

यसअघि नासाले काठमाडौंको नक्सालस्थित मुख्य कार्यालय तथा विरगंज र जनकपुर शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS