IME Life New

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समय लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ । बैंकले यस अघि आज पुस २७ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने भनिएकोमा अब माघ १२ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकले १ः१ को अनुपातमा १ सय प्रतिशतले हुन आउने अनुमति १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

Esewa
Crest

बैंकले हकप्रद निष्काशनको लागि मङ्सिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । मङ्सिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै नारायणी डेभलपमेन्टको हकप्रद भर्न पाउने छन्।

मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS