IME Life New

नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले पुस ७ गतेदेखि माघ १२ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर फागुन २६ गते बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ११ लाख ६६ हजार ६८९ कित्ता हकप्रद शेयर मात्र बाँडफाँड भएको छ ।

Esewa
Crest

यस आधारमा कम्पनीको १ लाख ४५ हजार ६४९ कित्ता अवितिरत हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले रितपूर्वक आवेदन दिने २ हजार ४३० जनामा हकप्रद शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS