IME Life New

नाफा घटे पनि साउदी अरामकोले ३०%ले बढायो लाभांश, झन्डै ९८ अर्ब डलर बाँड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोको सन् २०२३ मा तेल उत्पादन र तेलको मूल्यमा तीव्र गिरावट आएपछि नाफामा ठूलो गिरावट आएको छ। यद्यपि, नाफामा गिरावट आएपछि कम्पनीले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढी लाभांश वितरण गर्ने भएको छ।

कम्पनीले अनुसार तेल बिक्रीको आम्दानी घट्दा कम्पनीले १ खर्ब २१ अर्ब डलर नाफा आर्जन गरेको छ। जुन सन् २०२२ को तुलनामा २५ प्रतिशतले कम हो। सन् २०२२ मा कम्पनीले १ खर्ब ६१ अर्ब डलर नाफा कमाएको थियो।

Esewa
Crest

सरकारी स्वामित्व यो कम्पनीले नाफामा गिरावट आए पनि लाभांशको आकार बढाएर करिब ९८ अर्ब डलर पुर्याएको छ।

सन् २०२२ मा तेलको मूल्य प्रतिब्यारेल १३० डलर पुगेको थियो। सन् २०२३ मा घटेर प्रतिब्यारेल ८५ डलरमा झरेको थियो। कम्पनीमा साउदी सरकारको लगभग ९५ प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS