IME Life New

नाफाको २ प्रतिशत रकम कर्मचारीको वृत्ती विकासमा अनिवार्य खर्च गर्न अध्यक्ष सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पुर्ण बीमा कम्पनीका कर्मचारीहरुलाई मुनाफाको २ प्रतिशत रकम कर्मचारीको वित्ती विकासमा खर्च भए नभएको चेक जाँच गर्न अनुरोध गरेका छन् । यदि आफ्नो कम्पनीले कर्मचारीका लागि खर्च नभएको पाइएमा प्राधिकरणलाई जानकारी गर्न आग्रह समेत गरेका छन् ।

यदि कम्पनीले खर्च गरेको रहेनछ र गर्दिन भन्यो भने प्राधिकरणले खर्च गराउने उनको प्रतिवद्धता छ । उनले भने ‘तपाईहरुको प्रत्येक कम्पनीहरुलाई हाम्रो सर्कुलर के छ भने मुनाफाको २ प्रतिशत रकम कर्मचारीको क्षमता विकासका लागि खर्च गर्नु पर्छ । तपाईहरुले आफ्नो कम्पनीमा गएर चेक गर्नुहोस् कति प्रतिशत खर्च भएको छ । यदि कम्पनीले खर्च गर्दिन भन्ने जवाफ आयो भने हामी खर्च गराउछौ ।’

Esewa
Crest

कुनै पनि संघठनको प्रमुख अंग कर्मचारी भएकाले कर्मचारीको वित्ती विकासमा कम्पनीले खर्च गर्नु पर्ने सिलवालको धारणा छ । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको वित्ती विकासमा खर्च नगरेको समाचार बाहिर आए पछि उनले एक कार्यक्रमम यस्तो बताएका हुन् ।

इन्स्योरेन्स खवरले ‘बीमा कम्पनीका कर्मचारीहरुले आधारभुत तालिमै पाउदैनन्, कागजी प्रतिवेदनमा सबै दक्ष !‘ शिर्षकमा समाचार तयार पारेको थियो । बीमा कम्पनीका कर्मचारीहरुले आफ्नो जागिरे जीवनमा कहिले पनि उपलब्धीपुर्ण तालिम तथा क्षमता बढाउने कार्यक्रममा सहभागी हुन नपाएको भन्दै गुनासो गर्दै आएका छन् । नेपाल बीमा प्राधिकरणले शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नेदेखि लिएर शाखाको क्षमता बढाउने सर्कुलर जारी गर्दा बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरु यसका लागि लायक नभएको भन्दै निर्देशन पालनाको अटेर गरे पछि यस्तो विषय बाहिरिएको हो ।

जीवन बीमा व्यवसाय भित्र्याउने अभिर्तालाई अनेकौ तालिम दिनेदेखि लिएर विभिन्न सेमिनारमा सहभागी गराउने बीमा कम्पनीहरु आफ्नै कर्मचारीहरुलाई भने खर्च गर्दैनन् । प्राधिकरणका अध्यक्ष सिलवालले मुनाफाको २ प्रतिशत रकम अभिकर्ताका लागि खर्च नगरी कर्मचारीकै लागि खर्च गर्न निर्देशन दिएका हुन् ।

बीमा कम्पनीका कर्मचारीहरुले आधारभुत तालिमै पाउदैनन्, कागजी प्रतिवेदनमा सबै दक्ष !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS