IME Life New

नाडेप लघुवित्तले नियम विपरित शेयर संचरना परिवर्तनको प्रस्ताव ल्यायो, नविल बैंक संस्थापक भएको संस्थाको यस्तो छ प्रस्ताव  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले नियम विपरित शेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । संस्थाले शुक्रवार सार्वजनिक गरेको ६ औ वार्षिक साधारणसभाको सूचना सार्वजनिक गर्ने क्रममा विशेष प्रस्ताव अन्तर्गत ‘संस्थाको शेयर संरचना ७०:३० लाई परिवर्तन गरि ५१:४९ गर्ने’ उल्लेख गरेको छ ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा स्पष्ट सँग संस्थापक शेयरलाई सर्वसाधारण समुहमा परिणत गर्नका लागि संस्थाले वित्तीय कारोबार सञ्चालन भएको १० वर्ष पुरा गरेको हुनु पर्नेछ भनिएको छ । तर संस्थाले वित्तीय कारोबार सुरु गरेको १० वर्ष पुरा भएको छैन । संस्थाले भर्खर ६ औ वार्षिक साधारणसभा सम्पन्न गर्दैछ । ऐनमै भएको व्यवस्थालाई कसैले पनि नकार्न नसक्ने भएकाले संस्थाको यो प्रस्ताव गैर कानुनी रहेको नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख तथा प्रवक्त देव कुमार ढकालले जानकारी दिए ।

संस्थामा रहेका उच्च व्यवस्थापन तहका पदाधिकारी बैंक तथा वित्तीय क्षेत्रका अनुभवी व्यक्त हुन् । तर उनिहरुले नै प्रचलित ऐन कानुनलाई मिचेर यस्तो प्रस्ताव अगाडि सारेका छन् । प्रस्ताव अगाडि सार्दैमा नेपाल राष्ट्र बैंकबाट पारित हुन सक्दैन तर पनि संचालक समितिमा रहेका पदाधिकारीले प्रचलित व्यवस्थाको सामान्य हेक्का पनि नराखी यस्तो प्रस्ताव ल्याउनु आफैमा गलत कदम भएको ढकाल बताउछन् ।

संस्थाले आगामी जेठ ७ गते ६ औ वार्षिक साधारणसभा डाकेको छ । संस्थाका अध्यक्ष पिताम्बर प्रसाद आचार्य रहेका छन् । नविल बैंक तथा लुम्बिनी विकास बैंक संस्थाको संस्थापक शेयरधनी हुन् । दुबै बैंकका प्रतिनिधी संस्थाको सञ्चालक छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS