IME Life New

नविल बैंकको एसएसइ फेलोसिपमा आवेदन खुला, सामाजिक उद्यमसिलता प्रवर्द्धन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नविल बैंकले ‘नविल एसएसइ फेलोसिप प्रोग्राम २०२२’ को लागि आवेदन आह्वान गरेको छ । बैंकको यस कार्यक्रमको उद्देश्य जिविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला, तथा सामुदायिक हित, उर्जा इत्यादि क्षेत्रमा देशभर सामाजिक उद्यमशिलता प्रवर्द्धन गर्ने रहेको छ । नविल एसएसइले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेण्ट सँगको सहकार्यमा मानव जीवन, समाज तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याई दियो विकाश लक्ष्य हासिल गर्न नविनतम सोच भएका व्यक्तिहरु सँग आवेदन आह्वान गरेको हो ।

यदि कसैले आफु सँग भएको नयाँ सोचले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्छ भन्ने विश्वास छ भने उनिहरुलाई यसमा आवेदन पेश गर्न अनुरोध समेत गरेको छ । आफ्नो सोचलाई सामाजिक उद्यममा परिणत गर्न इच्छुक व्यक्तिहरुलाई बैंकले प्राथमिकता दिने भएको छ । १८ देखि ५० वर्ष उमेर समुहका नेपाली नागरिकले यस फेलोसिपमा आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

आवेदकले त्रिभुवन विश्वविद्यालयको कुनै पनि संकायमा सम्बद्ध भएको प्रमाणित कागजपत्र पेश गर्नु पर्नेछ । प्रशिक्षार्थीले फेलोशिप प्रोग्रामको ६ महिना अवधिभर प्रत्येक महिना न्युनतम ३ देखि ४ दिन उपस्थिति हुने प्रतिवद्धता जनाउनु पर्नेछ । साथै प्रशिक्षण सम्पन्न गर्न न्युनतम ९० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेछ । फेलोशिपमा सहभागी हुने प्रशिक्षार्थीलाई बस्ने र खाने सुविधा बैंकले उपलब्ध गराउनेछ । आवेदकले आफुले समाधान गर्न चाहेको सामाजिक समस्या र चुनौतीको निश्चित रुपमा पहिचान गरेको हुनुपर्नेछ । आवेदकसँग उक्त पहिचान गरिएको समस्या समाधान गर्नुपर्ने खाका समेत हुनुपर्नेछ । आवेदकले अनलाइन माध्यमबाट पुस ९ गतेसम्ममा आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS