IME Life New

नविल इन्भेष्टमेन्ट बैंकिङको नयाँ वर्षको अवसरमा ‘आजीवन डिम्याट खाता अफर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैंकिङले नयाँ वर्षको अवसरमा २०२२ रुपैयाँमै आजीवन डिम्याट तथा मेरो शेयरको खाता खोल्ने भएको छ । कम्पनीले यस भन्दा अगाडी यो सुविधाका लागि तीन हजार रुपैयाँ लिने गरेको थियो । नयाँ वर्षको अवसरमा नविल इन्भेष्टमेन्टले ९७८ छुट प्रदान गर्ने भएको हो ।

नेपालमा रहेको विद्यमान व्यवस्था अनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोले पछि आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नबिकरण गराउनु पर्ने भएकोले यसबाट लगानीकर्ताहरुलाई सम्बन्धित कम्पनीमा गई वा सम्बन्धित कम्पनीले तोकेको अनलाइन पोर्टलहरुबाट नबिकरण गर्दै आएका छन् ।

Esewa
Crest

जसका कारणले कतिपय लगानीकर्ताहरु आफ्नो खाता रहेको विभिन्न संस्थाहरुमा धाउनु पर्ने बाध्यता रहेको छ । जसले गर्दा विद्यमान कोभिड १९ को जोखिमका कारणले आफ्नो डिम्याट खाता नबिकरण गराउन असमर्थ भएको देखिन्छ । यसलाई मध्यनजर गर्दै नविल इन्भेष्टमेन्टले आफ्ना विद्यमान कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावाहरुलाई यस्तो झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना ल्याएको थियो । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक रु. २०२२ रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

यो योजना अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा जनवरी ०१, २०२२ वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मसम्मका लागि यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुले पाउन सक्ने छन् ।

यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको अनलाइनमा अनलाइनमा मा गई खोल्न सकिने छ भने नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि अनलाइनमा मा गई भुक्तानी गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS