IME Life New

नर्भिक हस्पिटलले स्वास्थ्य जनचेतना कार्यक्रम गर्ने, साथमा निःशुल्क जाँच

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह (सुगर) का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क स्वास्थ्य जनचेतना कार्यक्रम संचालन गर्ने भएको छ । अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामीहरुलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना गर्ने बताएको छ । उक्त कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँच गर्ने जनाएको छ । नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने जनाइएको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS