IME Life New

नयाँ स्टक एक्सचेञ्चका लागि व्यवसायिक घरानाबीच प्रतिस्पर्धा, बैंक, बीमा र आनआरएनएको लगानीमा नेशनल स्टक एक्सचेञ्ज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि व्यवसायिक घरानाबीचमा प्रतिस्पर्धा देखिएको छ । दिपक भट्ट सहित उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरु तथा मारवाडी समुदायको प्रमुख लगानी रहेको हिमालयन स्टक एक्सचेन्जको दर्ता पछि आज अर्को नयाँ स्टक एक्सचेन्जका लागि दिपक तिमल्सिना सहितको नेतृत्वमा नेशनल स्टक एक्सचेन्ज दर्ता भएको छ ।

यसमा एन आरएनका सस्थापक अध्यक्ष उपेन्द्र महतो, जिवा लामिछाने, कूल आचार्य लगाएको लगानी रहेको छ । त्यस्तै सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठको समेत यसमा लगानी रहेको छ । नेशनलमा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियाको पनि लगानी रहेको छ । रिलायन्स ग्रुपमा विनोदकुमार अग्रवाल, नारायण तोदी, भरतकुमार तोदी, ऋषि अग्रवाल लगायतको लगानी छ ।

Esewa
Crest

धितोपत्र बोर्डले दिएको अन्तिम म्याद आज सकिदैछ । एक्सचेन्जका लागि यिनै दुई वटको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एक्सचेन्जको न्युनतम चुक्ता पूँजी तीन अर्ब तोकिएको छ । संस्थापक समुह तर्फको ७० प्रतिशतका लागि संस्थागत लगानीकर्ता मात्रै हुनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS